सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
उपरथी दिपेशजंग शाह अवकाश भएपछि रिक्त भएको पदमा खत्रीलाई बढुवा गरिएको हो।
यस्तै, बुधबार नै प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
महासेनानीमा बढुवा हुनेमा विवेक काफ्ले, प्रकाश थापा र सीताराम खड्का रहेका छन्। उनीहरूलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा