• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ३०, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

      कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिदैँ

      यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

      एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी

      मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

      भूमि तथा वनसम्बन्धी अध्यादेश संसद्बाटै छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको धारणा

      सरकारमा सैद्धान्तिक विचलन देखियो, अध्यादेशबाट शासन चलाउने शैली गलत : कमला पन्त

      काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

      कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

      प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

      हिमालको काखमा धोभली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन

      कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

    होमपेज /  अन्य

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • काठमाडौं । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ ।

    नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका मौसमविद् डेभिड ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए ।

    उनका अनुसार फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा अन्य प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    फूलपातीका दिन देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।

    यस्तै, रातिको समयमा देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ ।

    अष्टमी अर्थात् कात्तिक १ गते पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

    अष्टमीका दिन पनि देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

    रातीको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ ।

    कात्तिक २, ३ र ४ गते अर्थात् नवमी र दशमीसम्म पनि देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ । यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

    यी दिनमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।

    समग्रमा यस वर्षको दशैँमा अधिकांश स्थानको मौसम सामान्यतया अनुकूल रहने देखिए पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्ने देखिन्छ ।

    तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा कुहिरोले पनि जनजीवन र यात्रामा प्रभाव पार्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर यात्रा गर्न उपयुक्त हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी

    कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

    प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

    हिमालको काखमा धोभली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन

    निर्माताको रोजाईमा किन पर्छ दशैं ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

    कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली…

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न…

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑