सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
शुक्रबार भोटाहिटीस्थित साइबर ब्युरोमा पुगेर पन्तले आफ्नो चरित्रहत्या हुने गरी भ्रामक सामग्री प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाउँदै श्रेष्ठमाथि कानुनी कारबाहीको माग गरेका हुन्।
पन्तका अनुसार, २०८३ असोज २९ गते अनलाइन सञ्चारमाध्यम ‘जनआस्था’ तथा त्यसका सम्पादक श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने ?’ भन्ने शीर्षकमा सामग्री प्रकाशित गरिएको थियो।
उक्त सामग्रीले आफ्नो व्यक्तिगत चरित्र, व्यावसायिक निष्ठा तथा राजनीतिक छविमा नकारात्मक असर पारेको पन्तको आरोप छ।
उजुरीसँगै पन्तले आवश्यक स्क्रिनसट र नागरिकताको प्रतिलिपिसमेत प्रमाणका रूपमा साइबर ब्युरोमा पेस गरेका छन्।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा