• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ३०, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

      कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिदैँ

      यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

      एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी

      मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

      भूमि तथा वनसम्बन्धी अध्यादेश संसद्बाटै छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको धारणा

      सरकारमा सैद्धान्तिक विचलन देखियो, अध्यादेशबाट शासन चलाउने शैली गलत : कमला पन्त

      काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

      कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

      प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

      हिमालको काखमा धोभली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन

      कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

    होमपेज /  अन्य

    निर्माताको रोजाईमा किन पर्छ दशैं ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २९, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ । केही वर्ष अगाडिसम्म दशैंमा १ वा २ फिल्म प्रदर्शन हुन्थे ।

    तर, वि.स. २०८१ देखि यो सङ्ख्या बढेर तीनदेखि चार पुगेको छ । यो सङ्ख्या घरेलु फिल्म अर्थात नेपाली फिल्मको हो । विदेशी फिल्म जोड्ने हो भने दशैंमा दर्शकले न्यूनतम सात वटासम्म फिल्म हेर्ने च्वाइस पाउँछन् ।

    राम्रा र ठूला व्याकरणका फिल्म एकआपसमा भिड्दा दर्शक बाँडिनु स्वाभाविक नै हो । प्रायः दर्शकले एउटा फिल्म हेर्ने योजना बनाएका हुन्छन्, त्यसैले अपेक्षित व्यापार नहुन पनि सक्ने बताइन्छ । यो वर्ष दशैंलाई लक्षित गर्दै तीन फिल्म प्रदर्शन हुँदैछन् । दर्शकले मन पराएर घरेलु बजारमा १० करोड बढीको कलेक्सन गरेपछि ती फिल्मका निर्माताले विदामा बढी दर्शक पाइने लोभले दशैं लक्षित गरेको पाइन्छ ।

    दशैंलाई लक्षित गर्दै आगामी असोज ३० देखि ‘आबाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शन हुँदैछ भने असोज ३१ मा ‘छ माया छपक्कै २’ प्रदर्शन हुँदैछ । यी फिल्मको अघिल्लो भाग घरेलुबजारमा सफल थिए ।

    आखिर निर्माताको रोजाईमा दशैं नै किन पर्छ त ? यसबारेमा अभिनेता, लेखक तथा निर्माता रहेका दीपकराज गिरी चाडपर्वमा फिल्म हेर्ने माहोल भएकाले पनि आफ्ना फिल्महरू दशैंमा आउने गरेको बताउँछन् ।

    ‘हामीले आफ्ना फिल्महरू प्राय दशैंमै ल्याउने गरेका छौँ । किनकी हाम्रो फिल्म हेर्न परिवार नै आउनु हुन्छ, त्यसैले पनि फिल्म बनेपछि दशैं नै लक्षित गरेर प्रदर्शनमा ल्याउने गरेका छौँ’, अभिनेता गिरीले भने ।

    त्यसो त उनको पहिलो निर्माण रहेको फिल्म ‘६ एकान ६’ माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शन भएको थियो । त्यो समयमा पनि राम्रो व्यापार गरेको थियो । तर, अन्य समय भन्दा दसैँमा फिल्मको दर्शक बढ्ने पाएपछि अभिनेता गिरी दशैं छाड्न तयार छैनन् ।

    उनी फिल्म तयार भएपछि दशैं रोज्ने गर्छन् । विसं २०८१ मा को दशैंमा प्रदर्शन भएको ‘१२ गाउँ’ ले अनपेक्षित व्यपार गरेपछि अभिनेता तथा निर्देशक विराज भट्ट यसको सिक्वेल आगामी असोज ३० मा ल्याउँदैछन् ।

    ‘१२ गाउँ’ ले घरेलु बजारमा झन्डै २० करोडको ग्रस कमाइ गरेको थियो । सोही कारण यसको सिक्वेललाई दशैंमै ल्याउने अडानमा अभिनेता भट्ट थिए ।

    नेपाली फिल्ममा लामो समय एक्सन स्टारको छवि बनाएका अभिनेता भट्टले नेपालीसँगै भोजपुरी भाषाका फिल्ममा पनि अभिनय गरे । भोजपुरी भाषाका फिल्महरूको दर्शक घट्न थालेपछि उनी नेपाल फर्किएर पुनः सक्रिय भएका हुन् ।

    यद्यपि, उनको कमब्याक भने सुखद भएको थिएन । किनकि उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म ‘साङ्गलो’ सफल भएको थियो ।

    ‘१२ गाउँ’ मार्फत उनले आफ्नो छोरा समीर भट्टलाई अभिनेताको रुपमा डेब्यु गराएपछि अचानक उनको चर्चा बढ्यो । सोही कारण ‘१२ गाउँ २’ दशैंमा प्रदर्शन हुँदैछ । यद्यपि, यसपटक अभिनेता विराज भट्टलाई सहज भने छैन । किनकि फिल्मको प्रचार हुने उदेश्यले उनले युट्युबमा सार्वजनिक गरेको ‘१२ गाउँ’ ले सकारात्मकको तुलनामा नकारात्मक प्रतिक्रिया धेरै पाएको छ । अर्थात् फिल्मलाई मन पराउने दर्शकको सङ्ख्या न्यून छ । त्यसकारण पनि ‘१२ गाउँ २’ के हुन्छ भन्ने जिज्ञाशा बढी छ ।

    असोज ३० मै प्रदर्शन हुने अर्को फिल्म हो, ‘आ बाट आमा २’ । गत वर्ष विसं २०८२ को माघमा प्रदर्शन भएको फिल्मले घरेलु बजारमा झन्डै १३ करोड ग्रस कमाइ गरेको थियो । सोही कारण यसलाई दशैंमा प्रदर्शनमा ल्याउने निर्णय निर्देशक तथा निर्माता चन्द्र पन्तले गरेका छन् । यद्यपि, उनी फिल्मको कथामा दशैंको प्रसंग बलियो रुपमा जोडिएकाले दसैँ नै प्रदर्शनका लागि उपयुक्त रहेको बताउँछन् ।

    ‘हामीले फिल्मको कथालाई दशैंसँग जोडेर तयार गरेका छन् । छोराको पर्खाइमा रहेकी आमाको कथा हो, त्यसैले पनि हामीले प्रदर्शनका लागि दशैं रोजेका हौँ । फिल्म हेरेपछि यो फिल्म दशैंमा नै किन प्रदर्शन गरियो भन्ने अझैँ धेरै प्रस्टीन्छ’, निर्देशक पन्तले भने ।

    उनले फिल्मको शिर्षकमै ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भनेर ट्यागलाइन दिएका छन् ।

    उल्लेखित तिनै फिल्मले सार्वजनिक गरेको प्रचार सामग्रीलाई अवलोकन गर्ने हो भने अन्य दुई भन्दा ‘आ बाट आमा २’ निकै अगाडि देखिएको छ । यसको सार्वजनिक गीतसङ्गीत, टिजर, ट्रेलरलाई युट्युबमा धेरै भ्यूज प्राप्त भएको छ । यसको आधारमा विश्लेषण गर्ने हो भने यसले घरेलुबजारमा बम्पर सुरुआत गर्नसक्छ । यद्यपि, फिल्म प्रदर्शन नभई यसबारे स्पष्ट भन्न सकिन्न् ।

    बिदाको समय विनानै दर्शकको मनमा आफ्नो स्थान बनाएर घरेलुबजारमा सफल भएका यी फिल्महरू दसैँको बिदामा के हुन्छन् ? यो जिज्ञासा दर्शक भन्दा बढी फिल्मकर्मीलाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी

    कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

    प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

    हिमालको काखमा धोभली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

    कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली…

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न…

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑