• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्लड बैंक सञ्चालन

      उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

      विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध

      विराटनगरमा आजदेखि ‘समर लभ’को मञ्चन हुँदै

      ग्लोबल ट्रेडिसनल तेक्वान्दो प्रतियोगिता आजदेखि

      मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

      मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

      ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

      माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

      चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने

      एनआईसी एशिया बैंकबाट नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे भुक्तानी सेवा

      मुख्यमन्त्री शाहीको सम्पत्ति सार्वजनिक, पैतृक सम्पत्ति धेरै

      आजदेखि जितिया पर्व सुरु

      संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन :प्रधानमन्त्री कार्यालय

      करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका लालबाबुले पाए १० लाख

    होमपेज /  समाचार

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्लड बैंक सञ्चालन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १७, शनिबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक रक्तसञ्चार सेवा (ब्लड बैंक) सञ्चालनमा आएको छ । अस्पतालमा उपचारका क्रममा रगतको व्यवस्थापनमा समस्या हुँदै आएको अवस्थामा यो सेवा सुरु गरिएको हो ।

    अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) बीचको सहकार्यमा रक्तसञ्चार सेवा स्थापना गरिएको हो । फाउन्डेसनको सहयोगमा स्थापना गरिएको सेवा अब प्रतिष्ठानमै उपलब्ध हुने भएको छ । यसअघि आकस्मिक अवस्था, शल्यक्रिया, प्रसूति, दुर्घटना तथा अन्य उपचारका क्रममा रगत आवश्यक पर्दा बिरामीका आफन्तले विभिन्न स्थानमा पुगेर रगत खोज्नुपर्ने अवस्था थियो ।

    कतिपय अवस्थामा जुम्लाबाहिरबाट समेत रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको प्रतिष्ठानले जनाएको छ । रक्तसञ्चार सेवा सञ्चालनमा आएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक रगत व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिष्ठानका निर्देशक डा. विनम्र बिष्टले रक्तसञ्चार सेवा सञ्चालनलाई कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनका अनुसार प्रतिष्ठानले बिरामी तथा सेवाग्राहीको आवश्यकता पहिचान गर्दै स्वास्थ्य सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै नागरिकलाई सहज र सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई निरन्तरता दिइने उनले बताए ।

    ‘आज सुरु भएको रक्तसञ्चार सेवा एउटा सुरुवात मात्र हो,‘ निर्देशक बिष्टले भने, ‘आगामी दिनमा कर्णालीका नागरिकले आफ्नै ठाउँमा सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले थप सेवा विस्तार गर्दै जानेछौँ ।’

    विशेषगरी दुर्गम हिमाली क्षेत्रबाट उपचारका लागि जुम्ला आउने बिरामीका लागि रक्तसञ्चार सेवा उपयोगी हुने प्रतिष्ठानको अपेक्षा छ । प्रसूति, दुर्घटना, शल्यक्रिया तथा आकस्मिक उपचारका क्रममा तत्काल रगत आवश्यक पर्ने अवस्थामा सेवाले उपचारलाई थप सहज बनाउने प्रतिष्ठानले जनाएको छ ।

    रक्तसञ्चार सेवा स्थापना तथा सञ्चालनमा सहयोग गरेकोमा प्रतिष्ठानले एएनएमएफसहित चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । रक्तसञ्चार सेवा सुरु भएसँगै जुम्लामा उपचारका क्रममा आवश्यक पर्ने रगतका लागि बाहिरी स्थानमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्ने आधार तयार भएको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

    मन्त्रालयको कार्यक्षेत्र उत्पादनदेखि भान्सासम्म छ, त्यसैले काम धेरै गर्नुपर्नेछ : मन्त्री साह

    ‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

    चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने

    मुख्यमन्त्री शाहीको सम्पत्ति सार्वजनिक, पैतृक सम्पत्ति धेरै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्लड बैंक सञ्चालन

    उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान…

    विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध

    विराटनगरमा आजदेखि ‘समर लभ’को मञ्चन हुँदै

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    आर्थिक

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

    एनआईसी एशिया बैंकबाट नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे भुक्तानी सेवा

    करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका लालबाबुले पाए १० लाख

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑