• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १८, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही

      आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा–हिमपातको सम्भावना

      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 

      महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

      जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

      कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

      नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

      असन–इन्द्रचोकको चहलपहल

      कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधार मुख्य एजेन्डा

      यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

      विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

      पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक

      घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

      उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा

    होमपेज /  राजनीती

    उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १७, शनिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३७ पटक पढिएको
  • रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने घोषणा गरेका छन्।

    उज्यालो नेपाल पार्टी रामेछापको जिल्ला कमिटी पुनर्गठन गर्दै चिना लामाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको अवसरमा शुक्रबार मन्थलीस्थित तीनलाल पार्कमा आयोजित संगठन विस्तार बैठकलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन्।

    उनले उज्यालो नेपाल पार्टी अब ‘विकल्प’मा माक्र सीमित नरहने दाबी गर्दै आगामी दिनमा देशको ‘मेनस्ट्रिम’ राजनीतिक शत्ति बन्ने बताए। ‘अबको विकल्प होइन, अबको मेनस्ट्रिम पार्टी नै उज्यालो नेपाल पार्टी बन्छ,’ उनले भने।

    घिसिङले पार्टी गठन भएदेखि नै आफूहरूलाई असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको दाबी गरे। जातीयतासहित विभिन्न आरोप तथा लाञ्छना लगाएर पार्टीलाई राजनीतिक रूपमा किनारा लगाउने प्रयास भएको उनको भनाइ थियो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता १२ दिनमै टुटेको प्रसङ्ग उल्लेख गर्दै घिसिङले आफूहरू विगतमा पनि यस्ता षड्यन्त्रमा परेको बताए। अब भने कुनै पनि प्रकारका षड्यन्त्रमा नफस्ने प्रतिबद्धता उनले व्यक्त गरे।

    ‘हाम्रो पार्टी गठन भएदेखि नै यस्ता षड्यन्त्रहरू रचिएका छन्। हामी एक पटक त्यस्ता षड्यन्त्रमा फसिसकेका पनि छौँ। त्यसबाट हामीले धेरै कुरा बुझेका छौँ,’ उनले भने, ‘अब फेरि पनि त्यस्ता षड्यन्त्रमा कुनै पनि हालतमा फस्ने छैनौँ भन्ने फ्रतिबद्धता व्यक्त गर्दछु।’

    नयाँ राजनीतिक शत्तिको नारासहित आएको रास्वपा नेतृत्वको सरकारले समेत जनताको अपेक्षाअनुसार काम गर्न नसकेको घिसिङले टिप्पणी गरे। सरकार गठन भएको छ महिना बितिसकेकाले यसको कामको समीक्षा गर्न पर्याप्त समय भइसकेको उनको दाबी थियो।

     

    ‘अब तपाईँहरूले नयाँ पनि देख्नुभयो, नयाँको काम पनि देख्नुभयो। ६ महिना भनेको एकदमै लामो समय हो। छ महिनामा कस्ता काम हुनुपर्थ्यो, अहिले नयाँ सरकारका गतिविधि सबै देखिएकै छन्,’ उनले भने।

    घिसिङले उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बने हरित क्रान्ति र हरित रूपान्तरणमार्फत देशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने दाबी गरे। हरित रूपान्तरणलाई देशको समृद्धिसँग जोड्दै आर्थिक तथा सामाजिक विकासलाई गति दिने पार्टीको दृष्टिकोण रहेको उनले बताए।

    यसैबीच, उज्यालो नेपाल पार्टी रामेछापले चिना लामाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरेको छ। मन्थली नगरपालिकाकी चिना लामा अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्।

    लिखु तामाकोशीका दामोदर तामाङ उपाध्यक्ष, खाँडादेवीका मोतीलाल घिसिङ सचिव तथा मन्थलीका सागर थापा, दोरम्बा शैलुङका अर्जुन घिसिङ र सुनापतिका तेन्जिङ लामा उपसचिव चयन भएका छन्। गोकुलगंगाका देव रुम्बालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

    यसअघि गत पुस ७ गते अञ्जान घिसिङलाई जिल्ला संयोजकको जिम्मेवारी दिँदै जिल्ला कमिटी गठन गरिएको थियो। संगठनको नेतृत्व गठन भएको करिब सात महिनापछि शुक्रबार आयोजित संगठन विस्तार बैठकमार्फत नयाँ नेतृत्वसहित जिल्ला कमिटीलाई पूर्णता दिइएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 

    महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

    कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

    कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधार मुख्य एजेन्डा

    संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन :प्रधानमन्त्री कार्यालय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५६ जनाको…

    कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको…

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही

    आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    आर्थिक

    विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

    घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑