• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 

      महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

      जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

      कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

      नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

      असन–इन्द्रचोकको चहलपहल

      कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधार मुख्य एजेन्डा

      यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

      विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

      पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक

      घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

      उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा

      नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विशेष झोला

      कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्लड बैंक सञ्चालन

      उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

    होमपेज /  राजनीती

    कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधार मुख्य एजेन्डा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १७, शनिबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि (आइतबार) काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुने भएको छ ।

    कांग्रेस पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनबाट आगामी पाँच वर्षका लागि कांग्रेसले लिने नीति, कार्यक्रम र राजनीतिक मार्गचित्र स्पष्ट हुने बताएका छन् । उनले कांग्रेसले नेपालको राजनीतिक सुधारको प्रक्रियामा कसरी अघि बढ्ने भन्ने विषयमा महाधिवेशनबाट महत्वपूर्ण निर्णय लिने बताए ।

    उनले पार्टीलाई व्यवस्थित, सुदृढ र सबल बनाउने विषयमा पनि महाधिवेशनमा गहन छलफल हुने जानकारी दिए । पार्टीको संरचनागत सुधारसँगै विधान संशोधनको प्रक्रियामा समेत महाधिवेशन प्रवेश गर्ने उनले बताए ।

    उनले कांग्रेस सभापतिले पार्टी आगामी पाँच वर्ष कुन बाटोमा अघि बढ्ने भन्ने विषयलाई कार्यपत्रमार्फत प्रस्तुत गर्ने बताए ।

    सभापतिको कार्यपत्रमा नेपालको समग्र राजनीतिक अवस्था, अर्थनीति, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा विदेश नीतिसहितका विषयमा कांग्रेसको दृष्टिकोण प्रस्तुत हुने उनले बताए ।

    उनले यही स्थानमा बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको र २०४६ सालको जनआन्दोलन सफल भएपछि गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यको घोषणा गरेको उल्लेख गरे ।

    उनले महाधिवेशनको प्रक्रियाबाट करिब ५० हजार नयाँ पुस्ताका युवाहरू विभिन्न जिम्मेवारीमा आएको र उनीहरूसहित सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताए । उनका अनुसार ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेशागत समूह र विदेशमा रहेका नेपालीलाई समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिइने छ ।

    कांग्रेसको १५औँ महाधिवेशनको मूल मन्त्र ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ रहेको प्रवक्ता चालिसेले बताए । महाधिवेशनका छलफल सत्रमा नयाँ संकल्पका विषयमा गहन छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिने उनले बताए ।

    उनले महाधिवेशनले कांग्रेसमा विधि र पद्धतिको निर्माणसँगै लोकतन्त्रलाई नयाँ पुस्तासँग जोड्ने, सुशासनलाई राज्यको संस्कार बनाउने र युवालाई भविष्यको आशा देखाउने राष्ट्रिय संकल्प अघि बढाउने जानकारी दिए ।

    कांग्रेसले विगतमा धेरै इतिहास निर्माण गरेको उल्लेख गर्दै चालिसेले अब नयाँ इतिहास निर्माण गर्ने दाबी गरे । उनले बीपी कोइरालाको विचारलाई इतिहासमा सीमित नराखी भविष्यसँग जोड्ने र देशको समृद्धिको वैचारिक आधारका रूपमा बीपी विचारलाई अघि बढाउने बताए ।

    उनले महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको उल्लेख गरे ।

    आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिहरूले सहभागिता दर्ताका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 

    महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

    कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

    उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

    संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन :प्रधानमन्त्री कार्यालय

    कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 

    महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

    जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

    कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    आर्थिक

    विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

    घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑