सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ भने ६ सयभन्दा बढी संक्रमित भएका छन्। बैतडीमा पनि चालु आर्थिक वर्षको साउन र भदौमा १३९ संक्रमित भेटिएका छन्।
यस वर्ष जनवरीदेखि देशभर ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ र रोग ७४ जिल्लामा फैलिएको छ। समयमै उपचार नगरे मिर्गौला, फोक्सो तथा अन्य अंगमा असर पुग्न सक्ने भएकाले उच्च ज्वरोसहितका लक्षण देखिए तत्काल स्वास्थ्य संस्था जान चिकित्सकहरूले सुझाव दिएका छन्।
काठमाडौँ — सल्यानको दार्मा गाउँपालिका–३ का १२ वर्षीय बालक र वडा नम्बर १ का ५० वर्षीय पुरुषको स्क्रब टाइफस संक्रमणबाट मृत्यु भएको छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका अनुसार दुवै मृतक संक्रमण हुनुअघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।
यी दुई जनाको मृत्युसँगै गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ भने ६ सयभन्दा बढी संक्रमित भएका छन् ।
‘हाम्रो गाउँपालिकाका सबै वडामा यो रोग फैलिएको छ र दैनिक ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ,’ गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादुर बस्नेतले भने । ‘संक्रमणसँगै हाम्रो क्षेत्रमा एक किसिमको त्रास फैलिएको छ। ज्वरो आएपछि मानिसहरू उपचारका लागि दाङ र नेपालगन्जतर्फ जान थालेका छन्।’
त्यस्तै बैतडीमा पनि चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै बैतडीमा १३९ जना स्क्रब टाइफसका बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
स्क्रब टाइफस के हो ?
स्क्रब टाइफस, जसलाई बुस टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रामक रोग हो । यो ब्याक्टेरिया सूक्ष्म किर्नाले मानिसमा सार्छ । संक्रमित मुसामा पाइने लार्भा अवस्थाका माइट (चिगर) ले टोकेपछि मानिसमा यो रोग सर्ने गर्छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा