• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था

      भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान

      जेन्जी आन्दोलनमा फरार कैदी पक्राउ

      जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बस्न सक्छन्: ज्ञानेन्द्र शाही

      सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया

      अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग

      कावा प्रधानमन्त्री बने स्वर्णिम वाग्ले

      संसदमा धरधरी रोइन सहिदकी आमा रचना, सभामुखदेखी सबै बने भावुक

      बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

      त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

      कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

      त्रिपुरेश्वरमा जलेर मृत्यु भएका चालकको पहिचान खुल्याे

      जलवायु न्यायका लागि ‘ग्लोबल डे अफ एक्सन’ सम्पन्न

      परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने

      नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने

    होमपेज /  मुख्य समाचार

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ६, मंगलबार (५२ मिनेट अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौँ । नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइ रहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटानी राजनीतिक बन्दीहरूको निःशर्त रिहाइको माग गरेका छन्।

    ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान -GCRPPB_ र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरमले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीन दशकभन्दा बढी समयदेखि अल्झिएर रहेका यी दुई मुद्दालाई तत्काल सम्बोधन गर्न नेपाल र भुटान सरकारलाई आह्वान गरेका हुन्।

    जीसीआरपीपीबीका संस्थापक तथा विश्व संयोजक राम कार्की र बीआइपीएफका महासचिव डीबी. सुब्बा (बेलडाँगी, झापा, नेपाल) द्वारा जारी गरिएको विज्ञप्तिमा भुटानी राजनीतिक बन्दीहरूको निरन्तरको हिरासतलाई गम्भीर मानवअधिकार उल्लङ्घनको विषय भन्दै चिन्ता व्यक्त गरिएको छ।

    जुन २०२६ मा चतुरमान तामाङ र हस्तबहादुर राईलाई रिहाइ गरिएपनि ह्युमन राइट्स वाचको प्रतिवेदनअनुसार अझै २८ जना भुटानी राजनीतिक बन्दीहरू भुटानका विभिन्न जेलमा रहेका छन् ।

    बाँकी रहेका सम्पूर्ण बन्दीहरूलाई बिना ढिलाइ निःशर्त रिहा गर्न र उनीहरूलाई सम्मानपूर्वक नागरिक जीवनमा फर्कन आवश्यक कागजात तथा व्यावहारिक सहयोग प्रदान गर्न भुटान सरकारसँग माग गरिएको छ ।

    न्युयोर्कमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको उपस्थितिले यी लामो समयदेखिका मुद्दाहरू सम्बोधन गर्ने उपयुक्त अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।

    मानव अधिकारवादी संस्थाहरूले प्रधानमन्त्री शाहलाई भुटानसँगको भेटवार्तामा शरणार्थी र बन्दीहरूका सरोकारलाई निरन्तर उठाउन आग्रह गर्दै प्रधानमन्त्री तोब्गेलाई भुटानी शरणार्थीहरुको स्वदेश फिर्ती र राजबन्दी रिहाइका लागि ठोस कदम चाल्न आह्वान गरेका छन्।

    सन् १९८० को दशकको अन्त्य र १९९० को दशकको सुरुतिर भुटानबाट जबरजस्ती निष्कासित गरिएका बहुसंख्यक नेपालीभाषी भुटानीहरू पूर्वी नेपालका शरणार्थी शिविरहरूमा आश्रय लिन बाध्य भएका थिए।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयको सहयोगमा सन् २००७ देखि २०१६ सम्ममा १ लाख १३ हजार भन्दा बढी शरणार्थीहरूलाई आठ विभिन्न देशमा पुनर्वास गराइएको थियो। यद्यपि, अझै पनि हजारौँ भुटानी शरणार्थीहरू नेपालमै छन् र उनीहरू आफ्नो मातृभूमि फर्कने पर्खाइमा छन्।

    यस सन्दर्भमा मानवअधिकारवादी संस्थाहरूले नेपाल र भुटानलाई अर्थपूर्ण द्विपक्षीय वार्ता पुनः सुरु गर्न र शरणार्थी संकटको स्थायी समाधान खोज्न आग्रह गरेका हुन्।

    स्वदेश फर्कन चाहने शरणार्थीहरूका लागि स्वैच्छिक, सुरक्षित र सम्मानजनक स्वदेश फिर्ती प्रक्रिया सुनिश्चित गरिनुपर्ने र उनीहरूको सुरक्षित पुनर्एकीकरणको उचित व्यवस्था हुनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बस्न सक्छन्: ज्ञानेन्द्र शाही

    अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त…

    जेन्जी आन्दोलनमा फरार कैदी पक्राउ

    जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा…

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त…

    जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा…

    अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑