सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने भन्दै आफ्नो स्वास्थ्य परीक्षण प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्।
आँखामा समस्या देखिएपछि उज्यालोमा हेर्न असहज हुने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षण प्रतिवेदनसहित संसद् सचिवालयमा पत्र पठाएका हुन्। सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेको छ।
सचिवालयका अनुसार शाहले गत साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालो सहन कठिन हुने तथा आँखामा सुख्खापनको समस्या रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र उज्यालोबाट जोगिन कालो चस्मा लगाउनुपर्ने उल्लेख छ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा प्रश्न उठ्ने गरेको भन्दै प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई कालो चस्मा नलगाउन निर्देशन दिएका थिए।
तर, स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको प्रतिवेदनसहित संसद् सचिवालयमा पत्र बुझाउनुपर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले गरेको थियो।
सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकीय प्रतिवेदन संसद् सचिवालयमा बुझाएका हुन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा