• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

      सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो

      विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

      रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान

      गोलबजार–३ मा पुल नजिकै युवतीको शव फेला

      कालो चस्मा लगाउनुपर्ने भन्दै प्रधानमन्त्री बालेनले सभामुखलाई बुझाए स्वास्थ्य प्रतिवेदन

      हेटौडा कपडा उद्योग खुलेपछि सरकारलाई अन्जनको आरोप: उद्योग खुलेका छन् तर सरकारले चासो दिएन

      फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

      वार्षिकोत्सवको अवसरमा महानगर प्रहरीद्वारा बसन्तपुरमा विशेष सरसफाइ

      अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन : मातृभाषी सञ्चारमाध्यमलाई विशेष प्राथमिकता दिनुपर्ने

      नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपति

      उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ

      डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान

      भोटखोलाको वरुण र छुजुङ नदीमा जलविद्युत परियोजना रोक्न स्थानीयवासीको माग

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही

    होमपेज /  समाचार

    अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन : मातृभाषी सञ्चारमाध्यमलाई विशेष प्राथमिकता दिनुपर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ९, मंगलबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । नेपालमा बोलिने १२४ भाषाको संरक्षण, मातृभाषा पत्रकारिताको विकास तथा भाषा, संस्कृति, पहिचान, मानव अधिकार र लोकतन्त्रको सुदृढीकरणका लागि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ ले १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

    नेपालसहित विभिन्न देशका पत्रकार तथा सञ्चार प्रतिनिधिले घोषणापत्रमा हस्ताक्षर गरी अनुमोदन गरेका छन् ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न सम्मेलनमा मातृभाषा पत्रकारिता, भाषिक अधिकार, जलवायु न्याय, वन व्यवस्थापन, आदिवासी ज्ञान तथा सञ्चारमाध्यममा समावेशितालगायत विषयमा छलफल भएको थियो ।

    घोषणापत्रले मातृभाषामा बोल्ने, लेख्ने, पढ्ने, सूचना प्राप्त गर्ने तथा सञ्चार गर्ने अधिकार सुनिश्चित गर्न विशेष मातृभाषा सञ्चार नीति निर्माण गर्न सरकारसँग माग गरेको छ ।

    मातृभाषी सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन, अनुदान, सहुलियत, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउन तथा मातृभाषी पत्रकारको श्रम, पारिश्रमिक, पेशागत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।

    धर्मादित्य धर्माचार्यलाई राष्ट्रिय सम्मान

    सम्मेलनले नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई राज्यस्तरबाट सम्मान तथा औपचारिक मान्यता दिन र उहाँको नाममा मनाइँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई राष्ट्रिय दिवसका रूपमा निरन्तरता दिन माग गरेको छ ।

    मौलिक लिपि, लेख्य परम्परा, साहित्य तथा सांस्कृतिक ज्ञानको संरक्षण र पुस्तान्तरण गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म मातृभाषामा शिक्षा विस्तार गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । एआई, डिजिटल प्रविधि तथा नयाँ सञ्चार माध्यममा सबै भाषाको समान पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्नसमेत आह्वान गरिएको छ ।

    जलवायु न्याय र आदिवासी अधिकारमा जोड

    जलवायु नीति, योजना, निर्णय प्रक्रिया तथा जलवायु कोषबाट प्राप्त लाभमा आदिवासी जनजातिको न्यायोचित र प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सम्मेलनले माग गरेको छ ।

    भूमि, जल, जंगल तथा प्राकृतिक स्रोतसाधनमाथिको पुख्र्यौली अधिकारलाई मान्यता दिनुपर्ने तथा वन, संरक्षण, कार्बन व्यापार र प्राकृतिक स्रोतसम्बन्धी परियोजनामा पूर्वस्वतन्त्र तथा सूचित सहमति अनिवार्य गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

    सञ्चार नीति निर्माणदेखि सरकारी तथा निजी सञ्चारमाध्यमका न्यूजरुम र सामग्रीसम्म आदिवासी जनजाति तथा सबै भाषिक समुदायको समान र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरिएको छ ।

    सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षको मान्यता

    विसं.२००८ वैशाख ९ गते स्थापित तत्कालीन नेपाल पत्रकार संघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा अविलम्ब मान्यता दिन सरकार र नेपाल पत्रकार महासंघसँग माग गरिएको छ ।

    त्यस्तै, विश्वभरका मातृभाषी पत्रकारलाई संगठित गर्दै ज्ञान, प्रविधि र सीप आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सञ्जाल निर्माण गर्ने तथा सम्मेलनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    भाषिक, धार्मिक तथा सांस्कृतिक विभेद र द्वन्द्वको अन्त्य, लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, स्वायत्तता तथा आदिवासी जनजातिका विशेष र संरक्षित अधिकार सुनिश्चित गर्न विश्व समुदायलाई आह्वान गरिएको छ ।

    विभिन्न देशका पत्रकारद्वारा अनुमोदन

    काठमाडौं घोषणापत्रलाई नेपालसहित भुटान, भारत, पाकिस्तान, श्रीलंका, बुर्किना फासो, अमेरिका र स्विडेनलगायत विभिन्न देशका पत्रकार तथा सञ्चार प्रतिनिधिले हस्ताक्षर गरी अनुमोदन गरेका छन् ।

    घोषणापत्रमा फोनिज अध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अर्जुन जम्नेली राई, महासचिव समीर बलामीसहित भुटान पत्रकार महासंघका अध्यक्ष रिनजिन वाङ्ग्चुक, सार्क जर्नलिस्ट फोरमका महासचिव महम्मद अब्दुर रहमान, भारतीय पत्रकार संगठनका महासचिव सायद पिर मुस्ताक अहमद, पाकिस्तानका वरिष्ठ पत्रकार हसन राजा खोखार, श्रीलंकाकी वरिष्ठ पत्रकार अमिला मोरमडा, बुर्किना फासोका पत्रकार डा. निआगाने दासमाने, वासिङ्टन डीसीका वरिष्ठ पत्रकार एन्ड्रेस सेगोभिया, स्विडेन पत्रकार संगठनकी सचिव मेरिया भेनेक यिलिकोमीलगायतले हस्ताक्षर गरेका छन् ।

    घोषणापत्रले मातृभाषा पत्रकारिताको मुद्दालाई नेपालमा मात्र सीमित नराखी विश्वव्यापी भाषिक अधिकार, आदिवासी अधिकार, जलवायु न्याय र समावेशी लोकतन्त्रसँग जोडेको आयोजकले जनाएको छ ।

    घोषणापत्रको मूल सन्देश छ— ‘भाषा बचाउनु भनेको समुदाय बचाउनु मात्र होइन, मानव सभ्यताको ज्ञान, इतिहास र भविष्य बचाउनु हो ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

    सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो

    विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

    रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान

    गोलबजार–३ मा पुल नजिकै युवतीको शव फेला

    फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि…

    सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको…

    विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत…

    रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    एनआईएमबीले ल्यायो ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

    १९ अंकले घट्यो नेप्से, २५ सय विन्दुमा बजार

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑