• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बिजुलीको पैसा घटाउने ऊर्जा मन्त्रीको तयारी

      जाजरकोट पहिरो प्रभावितको उद्धारमा सरकारको बेवास्ता : सांसद विक

      रविको बैठकमा चार मन्त्रीबारे सांसदको प्रश्न, ‘स्टन्ट’ मात्रै गर्ने भए राजीनामा दिन दबाब

      एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

      साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामदसाउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

      उपरथी पहाडी र महासेनानी आचार्यलाई दज्र्यानी चिन्ह प्रदान

      प्रचण्डलाई १५ वर्षीया किशोरीको प्रश्न– ‘हेलो बाजे, कता हुनुहुन्छ ? हाम्रो पुल भाँच्चिएको छ, कहिले बनाइदिनुहुन्छ ?’

      झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

      झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

      मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, त्यसअघि एमाले–नेकपाबिच छलफल

      कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने

      २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

      चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    होमपेज /  मुख्य समाचार

    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३, बुधबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् ।

    इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट सहभागी शाक्य, काग्यू, ङिङ्मा लगायत विभिन्न तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणी तथा धर्म अध्ययन गर्ने गृहस्थ विद्यार्थीहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् ।

    अध्यक्ष मगरले मानव अधिकारका विषयमा नागरिक समाजसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्ने काम पनि आयोगको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गरे । उनले भने,‘कुनै पनि व्यक्ति वा समुदायले आफ्नो मानव अधिकार उल्लङ्घन भयो भनेर उजुरी गरेको खण्डमा हामी त्यसलाई हेर्छौं, अनुसन्धान गर्छौं । त्यसपछि सरकारलाई उल्लङ्घनकर्तामाथि के–कस्तो कारबाही गर्नुपर्छ भनेर सिफारिस गर्छौं । यो हाम्रो मुख्य कर्तव्य हो ।’

    त्यस्तै, नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको कार्यान्वयन अवस्थाको अनुगमन गर्ने र कार्यान्वयन नभएको अवस्थामा सरकारलाई आवश्यक सिफारिस गर्ने काम पनि आयोगले गर्दै आएको उनले बताए । आयोगले देशमा रहेका कानुनहरूको अध्ययन तथा अनुसन्धान गरी कमी–कमजोरी देखिएमा सुधारका लागि सरकारलाई सुझाव दिने गरेको पनि अध्यक्ष मगरले जानकारी दिए ।

    आयोगले मानव बेचबिखन, आप्रवासी कामदार, जातीय विभेदलगायतका विषयमा विभिन्न प्रतिवेदन तयार पारेर सरकारसमक्ष बुझाउँदै आएको उनले बताए । राउते समुदायको अधिकार संरक्षण तथा कुसुन्डा समुदायको भाषा संरक्षणका विषयमा समेत आयोगले अध्ययन गरी प्रतिवेदन तयार गरेको उनको भनाइ छ ।

    उनले भने,‘हामीले आप्रवासी कामदार, मानव बेचबिखन र जातीय विभेदका विषयमा प्रतिवेदनहरू तयार गरेका छौं । जंगलमा बस्ने तथा घुमफिर गर्ने राउतेहरूको अधिकार संरक्षण हुन नसकेको विषयमा पनि प्रतिवेदन बनाएका छौं । त्यस्तै भाषा लोप हुन लागेको कुसुन्डा जातिको विषयमा पनि प्रतिवेदन तयार गरेर सरकारसमक्ष बुझाएका छौं ।’

    विदेशमा रहेका नेपाली श्रमिकको अधिकार संरक्षणका लागि आयोगले विभिन्न देशका मानव अधिकार संस्थासँग सहकार्य गरिरहेको अध्यक्ष मगरले बताए । मलेसिया, कतार तथा रसियासँग समेत सहकार्य र समझदारी भएको उनले जानकारी दिए ।

    रसियामा काम गर्न पुगेका नेपाली नागरिक बेपत्ता भएको समाचार आएपछि त्यहाँको मानव अधिकार संस्थासँग सहकार्य गरी उनीहरूको अवस्थाबारे जानकारी लिन पहल गरिएको उनले बताए ।

    अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा चीनसँग पनि सहकार्यको सम्भावना बढ्दै गएको बताए । चीनमा मानव अधिकारको अवस्था अध्ययन गर्न निमन्त्रणा प्राप्त भएको उल्लेख गर्दै अवसर मिलेमा आयोगको टोली चीन पुगेर अध्ययन गर्ने उनको भनाइ छ ।

    मानव अधिकारका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्य लामो समयदेखि अघि बढाउने चाहना भए पनि उपयुक्त अवसर नजुटेको अध्यक्ष मगरले बताए । अहिले प्रोफेसर झाङको पहलमा सहकार्यको अवसर मिलेको भन्दै उनले खुसी व्यक्त गरे । अध्यक्ष मगरले नेपाल र चीनबीच सुरु भएको सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बिजुलीको पैसा घटाउने ऊर्जा मन्त्रीको तयारी

    राष्ट्रियसभाको बैठक बस्दै

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ : प्रधानन्यायाधीश शर्मा

    दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली गठन ग¥यो

    भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको…

    बिजुलीको पैसा घटाउने ऊर्जा मन्त्रीको तयारी

    जाजरकोट पहिरो प्रभावितको उद्धारमा सरकारको बेवास्ता : सांसद…

    रविको बैठकमा चार मन्त्रीबारे सांसदको प्रश्न, ‘स्टन्ट’ मात्रै…

    बिजुलीको पैसा घटाउने ऊर्जा मन्त्रीको तयारी

    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष…

    राष्ट्रियसभाको बैठक बस्दै

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ :…

    आर्थिक

    एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    आइएमई लाइफको नवौं वार्षिकोत्सव, ‘न्यानो नानी’ बेबी वार्मर वितरण गर्ने

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑