सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से २.०१ अंकले घटेर २ हजार ६४१.८२ विन्दुमा झरेको छ।
आज २०१ कम्पनीको शेयर घट्दा ७२ कम्पनीको बढेको छ भने ५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ।
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त र महिला लघुवित्तको शेयर साढे ६ प्रतिशतले घट्दा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको शेयर १५ प्रतिशतले बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ३५० कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा