सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई प्रहरीले पुनः पक्राउ गर्न सक्ने आशंका जनाउँदै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्।
उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार श्रेष्ठले पक्राउ रोक्न माग गर्दै रिट दायर गरेका हुन्।
यसअघि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको अनुसन्धानका लागि पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिएको थियो।
तर, उपसभामुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा आफूलाई पुनः पक्राउ गर्न सक्ने आशंका गर्दै श्रेष्ठ उच्च अदालत पुगेका हुन्। उनले आफूमाथि धरपकड नगर्न तथा आफ्ना सञ्चार उपकरण बरामद नगर्न आदेश माग गरेका छन्।
यसैबीच, प्रहरीले श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरसँग अनुमति मागिरहेको जनाइएको छ। पर्याप्त प्रमाण र कागजात नभएको भन्दै अदालतले दुई दिनदेखि पक्राउ पुर्जी जारी नगरेको बताइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा