• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

      महंगो बन्यो भान्छा : तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

      जेनजी आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग

      राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

      जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

      ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

      २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

      संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ : प्रधानन्यायाधीश शर्मा

      दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली गठन ग¥यो

      सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही

      पाँच वटा संसदीय समितिको बैठक बस्दै

      २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    होमपेज /  समाचार

    ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २, मंगलबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४ पटक पढिएको
  • ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग होर्मुज जलमार्गको नियन्त्रण तथा सुरक्षित व्यावसायिक आवागमनसम्बन्धी सम्झौतामा ओमानले हस्तक्षेप गरे अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।

    सोमबार फक्स न्युजका संवाददाता ट्रेइ यिङ्स्टसँगको फोनवार्ताका क्रममा ट्रम्पले ओमानले अमेरिकी अडानमा अवरोध गरे ‘बम खसाल्ने’ चेतावनी दिएका हुन् । पश्चिम एसियामा जारी तनाव र इरानसँगको वार्ताको अवस्थाबारे छलफल गर्दै ट्रम्पले इरानले आत्मसमर्पणको संकेत दिनुपर्ने बताएका छन् ।

    जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता अघि बढाउन अमेरिका र इरानबीच भएको ६० दिने समझदारीको अवधि समाप्त हुन लागेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । यद्यपि उनले इरानमाथि दबाब बढाउने विषयमा आफू कुनै निश्चित समयसीमामा नरहेको र ‘हतारमा नरहेको’ बताएका छन् ।

    होर्मुज जलमार्गमा नियन्त्रणसम्बन्धी इरान र ओमानबीच भइरहेको समानान्तर वार्ताबारे प्रश्न गर्दा ट्रम्पले ओमानले अमेरिकी कदममा हस्तक्षेप गरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    ट्रम्पले इरानमाथि अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहेको र यसले तेहरानमाथि थप आर्थिक दबाब सिर्जना गरिरहेको दाबी गरेका छन् । उनले इरानीहरू ‘राम्रा पोकर खेलाडी’ भए पनि अहिले कठिन अवस्थामा रहेको टिप्पणी गरे । आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्ना निर्णयलाई प्रभावित नगरेको उनको भनाइ छ ।

    अमेरिकी हतियार भण्डारबारे पनि ट्रम्पले अहिलेसम्म पश्चिम एसियामा प्रयोग गरिएका हतियारको मात्रा निकै कम भएको बताएका छन् । उनका अनुसार अमेरिकासँग मध्यमस्तरका हतियारको ठूलो भण्डार रहे पनि पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा अत्याधुनिक हतियार तथा हवाई रक्षा प्रणालीको ठूलो हिस्सा युक्रेनलाई उपलब्ध गराइएको थियो ।

    यसैबीच, इरान र ओमानले होर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र निर्माणका लागि वार्ता जारी राखेका छन् । प्राविधिक छलफलपछि दुवै देशले जलमार्गका लागि संयुक्त ढुवानी मार्गको नक्सासमेत अन्तिम रूप दिएका छन् ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वार्ता जारी रहेको पुष्टि गर्दै विषय जटिल भएकाले सहमति हुन समय लागेको बताएका छन् । उनका अनुसार वार्तामा धेरै पक्षको संलग्नता र केही पक्षबाट भइरहेको ‘विध्वंसकारी प्रयास’का कारण प्रक्रिया लम्बिएको हो ।

    बघाईले वार्ताको मुख्य उद्देश्य होर्मुज जलडमरूमध्यमा दुवै तटीय राष्ट्रको सार्वभौमसत्ता कायम राख्दै व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र निर्माण गर्नु रहेको बताएका छन् ।

    विश्वको प्रमुख तेल तथा ऊर्जा ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा तनाव बढ्दा विश्वव्यापी ऊर्जा आपूर्ति तथा तेलको मूल्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले अमेरिका, इरान र ओमानबीचको पछिल्लो गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ । एएनआई

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

    महंगो बन्यो भान्छा : तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

    जेनजी आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग

    राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

    जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

    २२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा…

    महंगो बन्यो भान्छा : तरकारीमा २ सय ५३…

    जेनजी आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने…

    राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक…

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ :…

    दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली…

    भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको…

    भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकको…

    आर्थिक

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑