सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा आगामी भदौ २३ गते प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खत्रीले भ्रष्टाचार अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाहरूले गरेको बलिदानको स्मरण गर्दै सरकारले उक्त दिन विशेष सम्बोधन गर्नुपर्ने बताइन्।
उनले जेनजी आन्दोलनका क्रममा उठाइएका मागमध्ये कति पूरा भए, कति बाँकी छन्, आन्दोलनका घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारमा संलग्नमाथि कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग गरिन्।
‘देशले जान्नुपर्छ—कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ? शहीद परिवार र घाइतेहरूले कहिले न्याय पाउँछन्?’ उनले प्रश्न गरिन्।
वर्तमान सरकार जेनजी आन्दोलनमा युवाहरूले गरेको बलिदानकै जगमा बनेको दाबी गर्दै खत्रीले आन्दोलनको वार्षिकोत्सवका दिन प्रधानमन्त्रीले देशव्यापी रूपमा शहीदहरूको सम्मान गर्दै सरकारका उपलब्धि, बाँकी काम र आगामी योजनाबारे जनतासामु स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिइन्।
उनले जेनजी आन्दोलनका माग र त्यसक्रममा भएका बलिदानलाई सरकारले औपचारिक रूपमा स्मरण गर्दै पीडित परिवार तथा घाइतेहरूको न्याय र राहतका विषयमा समेत ठोस धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा