सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग सञ्चालन गर्ने तर निजी क्षेत्रका समस्याग्रस्त उद्योगलाई बेवास्ता गर्ने सरकारी नीति मान्य नहुने बताएका छन्।
मंगलबार काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सरकारले उद्योग आफैं सञ्चालन गर्नुभन्दा निजी क्षेत्रलाई प्रतिस्पर्धी बन्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।
सरकारी उद्योगलाई अनुदान दिने र निजी उद्योगलाई मात्रै प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति उचित नभएको उनको भनाइ छ। उनले सरकारी तथा निजी क्षेत्रका उद्योगलाई समान प्रतिस्पर्धाको मैदान उपलब्ध गराउनुपर्ने बताए।
‘सरकारी उद्योगलाई अनुदान र निजी उद्योगलाई प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति हुनु हुँदैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी र निजी क्षेत्रलाई समान प्रतिस्पर्धाको मैदान दिनुपर्छ।’
उनले वर्षौँदेखि बन्द तथा समस्याग्रस्त अवस्थामा रहेका निजी क्षेत्रका उद्योगलाई पुनः सञ्चालन गर्न सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने बताए। सरकारी उद्योग सञ्चालन गर्ने प्रयास स्वागतयोग्य भए पनि निजी क्षेत्रका बन्द उद्योगलाई पुनर्जीवन दिने नीति पनि समान रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा