• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

      लगानी बोर्डको सीईओमा यांकी नियुक्त

      उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

      म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

      नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

      एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

      सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

      राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

      मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प

      ट्रक पदुर्घटना हुँदा एक जनाको मृत्यु

      बलिउड अभिनेता प्रदीप रावतको निधन

    होमपेज /  अन्य

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २०, बुधबार (४९ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९० पटक पढिएको
  • फाइल फोटो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ । वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ ।

    काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ । यो स्तर जनवरी महिनामा बनेको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुने काउन्सिलको विश्लेषण छ । यस्तो गिरावट अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले ३,५०० डलरको स्तरलाई महत्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको छ ।

    हाल अन्र्तरािष्ट्रय बजारमा सुन प्रतिऔंस करिब ४,०६३.८० डलरमा कारोबार भइरहेको छ । लन्डन बुलियन मार्केट एसोसिएसन (एलबीएमए) को गोल्ड प्राइस पीएम सूचक गत साता १ प्रतिशतले घटेर प्रतिऔंस ४,०२७ डलरमा पुगेको छ । यससँगै चालु वर्षको सुरुदेखि सुनको मूल्यमा ७.८ प्रतिशत गिरावट आइसकेको छ ।

    प्रतिवेदनअनुसार अमेरिकी फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेपछि ब्याजदर सम्बन्धी अपेक्षामा आएको परिवर्तनले सुनको मूल्यमा दबाब सिर्जना गरेको छ । साथै अमेरिका–इरान तनावसँग सम्बन्धित घटनाक्रमका कारण तेलको मूल्य र मुद्रास्फीतिसम्बन्धी चिन्ता पनि लगानीकर्ताको निगरानीमा रहेको छ ।

    बजारको नयाँ मूल्याङ्कनसँगै गोल्ड ईटीएफमा हुने लगानी प्रवाह सुस्त बनेको छ भने कमेक्समा सुनसम्बन्धी नेट लङ पोजिसन पनि घटेको काउन्सिलले जनाएको छ । यद्यपि विकल्प कारोबार गर्ने लगानीकर्ताले केही हदसम्म नकारात्मक पोजिसन घटाएका छन, जसको एक कारण सम्झौताहरूको अवधि समाप्त हुनु पनि रहेको प्रतिवेदनमा उल्लेख छ ।

    काउन्सिलका अनुसार पछिल्लो एक महिनादेखि सुनको मूल्य सीमित दायराभित्र उतारचढाव गरिरहेको भए पनि मार्चको सुरुदेखिको ओरालो प्रवृत्तिभन्दा माथि जान सकेको छैन । प्रतिऔंस ३,९४३ डलरभन्दा तल झरेमा मूल्य थप घट्ने संकेत देखिने र त्यसपछि ३,८५७ देखि ३,८८७ डलरको दायरा महत्वपूर्ण प्राविधिक समर्थन क्षेत्र बन्ने उल्लेख गरिएको छ ।

    यसैबीच, जापानी येनको मजबुतीले सुनलाई केही राहत दिन सक्ने विश्लेषण गरिएको छ । अमेरिका र जापानले संयुक्त रूपमा मुद्रा बजारमा हस्तक्षेप गरेपछि येन बलियो बनेको छ । काउन्सिलका अनुसार यदि बलियो येन र कमजोर अमेरिकी डलरको प्रवृत्ति कायम रह्यो भने त्यसले सुनको मूल्यलाई समर्थन गर्न सक्छ ।

    आगामी दिनमा अमेरिकी फेडरल रिजर्भको मौद्रिक नीतिसम्बन्धी अपेक्षाले सुनको मूल्य निर्धारणमा मुख्य भूमिका खेल्ने काउन्सिलको भनाइ छ । जुलाई महिनाको उत्पादन तथा सेवा क्षेत्रका सूचकांक बलिया देखिएमा फेडले कडा नीति अपनाउने अपेक्षा थप बलियो हुन सक्छ ।

    तर रोजगारी वृद्धिदर अपेक्षाकृत कमजोर रहने अनुमान गरिएको छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ वार्ताको घोषणा गरेपछि अमेरिका–इरान तनाव केही कम हुन सक्ने र यसले थप ब्याजदर वृद्धिको चिन्ता घटाउन मद्दत पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । एएनआई

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी, ‘सार्वजनिक हितको कामलाई अतिरञ्जित गरियो’

    सार्वजनिक पुस्तकालय तत्काल खोल्न दबाब, सरकारले ‘ज्ञान र विवेकमाथि ताल्चा’ लगाएको आरोप

    हिन्दू राष्ट्रको पुनर्स्थापना: धार्मिक पर्यटनदेखि आर्थिक सम्भावनासम्म

    अब कांग्रेस सांसदका स्वकीय सचिव बन्न स्नातक अनिवार्य, सीप र अनुभव पनि चाहिने

    दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

    ६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    आर्थिक

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑