• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

      मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

      संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा

      महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

      नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

      राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

      स्वतन्त्रता दिवसको उत्सवसँगै अर्जेन्टिनाको ध्यान विश्वकप उपाधि जोगाउने लक्ष्यमा

      सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

      ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’

      दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण

      रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

      हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन ?’

      स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

      निर्वाचन आयुक्त नियुक्तिका लागि उजुरी खोल्ने र सुनुवाइ प्रक्रिया अघि बढाइने

      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    होमपेज /  अन्य

    स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २५, बिहिबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ।

    नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ।

    यसै सन्दर्भमा, द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ’स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता भएको छ ।

    यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

    द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी सम्झौता अनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको ’स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’को रूपमा रहनेछ ।

    उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।

    सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान हो ।

    देशव्यापी नवप्रवर्तन र प्रादेशिक पहुँच नेपालको उद्यमशीलता केवल काठमाडौँ उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ । नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिनेछ।नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ।नवप्रवर्तनकारी आइडियाहरूलाई पूँजीसँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिनेछ।

    साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिएका छन् ।

    ‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन्। क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ,’ द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेलले भने ।

    ‘क्यान महासंघ स्थापनाकाल देखि नै नेपालको सूचना प्रविधि र नवप्रवर्तनको विकासमा समर्पित छ । द ब्रिटिश कलेजसँगको सहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै हाम्रा प्रविधी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ,’ क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले भने ।

    पेगासस टेक भेन्चर्सद्वारा विश्वव्यापी रूपमा आयोजना हुने ‘स्टार्टअप वल्र्ड कप’ विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिष्पर्धाहरू मध्ये एक हो। यो विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने गर्दछ ।

    विजेताले के पाउँछन् ?

    नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । जसले ग्लोबल एक्सपोजर पाउने संभावना हुने कम्पनीको दाबी छ ।

    विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ भन्दा बढी) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछन्।

    विश्वकपले नेपालमा उद्यमशीलताको बलियो जग बसाल्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, नेपाली युवाहरूमा आइडियाको कमी छैन, तर त्यसलाई बजार अनुकूल ( बनाउन आवश्यक पर्ने ’इकोसिस्टम’ को अभाव भइरहेको अवस्थामा मञ्चले ती आइडियालाई बिजनेस मोडलमा बदल्न सघाउनेछ ।

    साथै, प्रविधिमा आधारित स्टार्टअपहरूले नेपालमै रोजगारी सिर्जना गर्ने र डिजिटल अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

    त्यस्तै, विश्व बजारमा नेपाली प्रविधि, इन्डिजिनियस सफ्टवेयर र युवाहरूको प्राविधिक क्षमता प्रदर्शन गरेर नेपाललाई प्रविधिको सम्भावना बोकेको देशको रूपमा स्थापित गर्न यसले मद्दत गर्ने र ’ब्रान्ड नेपाल’ को प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नेछ ।

    स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६ नेपाली उद्यमशीलताको इतिहासमा एउटा कोशेढुङ्गा साबित हुन सक्ने कम्पनीको दाबी छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

    सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

    फिफा विश्वकप २०२६: आजदेखि क्वाटरफाइनलको महासंग्राम, चार खेलले तय गर्ने सेमिफाइनलको समीकरण

    बालेन सरकारले १०० दिनमा के–के काम गर्यो ? प्रवक्ताले लगाए संसदमा फेहरिस्ता

    कृषकलाई मल दिन नसकेकी कृषि मन्त्रिले १०० दिनमा के–के काम गरिन् ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

    मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

    संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ :…

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

    राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    तिन संसदीय समितिको बैठक बस्दै

    खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑