• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

      मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

      संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा

      महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

      नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

      राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

      स्वतन्त्रता दिवसको उत्सवसँगै अर्जेन्टिनाको ध्यान विश्वकप उपाधि जोगाउने लक्ष्यमा

      सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

      ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’

      दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण

      रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

      हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन ?’

      स्टार्टअप वल्र्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

      निर्वाचन आयुक्त नियुक्तिका लागि उजुरी खोल्ने र सुनुवाइ प्रक्रिया अघि बढाइने

      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    होमपेज /  समाचार

    दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २५, बिहिबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण भइरहेको छ ।

    नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता भण्डारीको निधन भएको स्थललाई संरक्षण गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माणको काम अघि बढाइएको हो । पार्क निर्माणसँगै दासढुंगा क्षेत्रलाई पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

    वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो । उक्त दुर्घटनामा दुवै नेताको निधन भएको थियो ।

    नेपालको राजनीतिक इतिहासमा चर्चित दासढुंगा घटनाले लामो समयसम्म विभिन्न बहस र अनुसन्धानको विषय बन्दै आएको छ । यही ऐतिहासिक घटनास्थललाई संरक्षण गर्दै भावी पुस्तालाई त्यस समयको राजनीतिक इतिहासबारे जानकारी गराउने उद्देश्यले स्मृति पार्क निर्माण सुरु गरिएको हो ।

    पार्क निर्माणमा सक्रिय मधु गुरुङका अनुसार दासढुंगा क्षेत्रलाई व्यवस्थित स्मृति तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

    उनका अनुसार यसअघि दासढुंगा आउने पर्यटकका लागि आवश्यक सुविधा अभाव थियो । त्यसलाई सुधार गर्दै पर्यटकमैत्री संरचना निर्माण भइरहेको छ ।

    यस्तै मदन भण्डारी फाउण्डेसन पार्क निर्माण समितिका अध्यक्ष नारायण कुमार मगरका अनुसार पार्क निर्माणको मुख्य काम करिब साढे दुई महिनाको अवधिमा सम्पन्न भएको हो ।

    निर्माण सम्पन्न भएपनि केही भुक्तानी प्रक्रिया तथा सामान्य रेखदेखका काम भने बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै पार्कमा ४१ लाख रुपैंयाँको लागतमा बनेको हो, बजेट प्रदेशबाट विनियोजन भएको अध्यक्षले बताए ।

    अध्यक्ष मगरका अनुसार पार्कमा एउटा पुल, दुईवटा गोलघर, कम्पाउण्ड, पानी ट्याङ्की, शौचालय, फुल राख्ने स्थान तथा कार्यालय भवन निर्माण गरिएको छ । कार्यालय भवनको केही काम अझै बाँकी रहेपनि पार्कका मुख्य संरचना भने तयार भइसकेका छन् ।

    पार्कमा आउने जाने नागरिकको सहजताका लागि नारायणी किनारसम्म पुग्ने सिँढी निर्माण गरिएको छ भने मदन भण्डारी र जीवराज आश्रितको सालिकसहित विभिन्न स्मृति संरचना निर्माण गरिएको अध्यक्ष मगरले बताए ।

    यसअघि सामान्य अवस्थामा रहेको क्षेत्रलाई अहिले व्यवस्थित र आकर्षक बनाइएको उनके भनाई छ ।

    ‘पहिले यहाँ त्यस्तो व्यवस्थापन थिएन, अहिले नयाँ संरचनाहरू निर्माण गरेर व्यवस्थित बनाइएको छ,’ अध्यक्ष मगरले भने ।

    उनका अनुसार पार्क क्षेत्रमा दुबो तथा हरियाली व्यवस्थापन, सौन्दर्यीकरण र आवश्यक पूर्वाधार थप गरेर क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने काम गरिएको छ ।

    दासढुंगा क्षेत्रलाई राजनीतिक इतिहास, अध्ययन र आन्तरिक पर्यटनसँग जोड्ने उद्देश्यसहित निर्माण गरिएको यस पार्कले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै चितवनको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    स्थानीयवासीले पनि दासढुंगा दुर्घटनास्थल मात्र नभई नेपालको राजनीतिक इतिहास बोकेको महत्वपूर्ण क्षेत्र भएकाले पार्क निर्माणले यसको पहिचान अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

    मदन भण्डारी नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादका प्रतिपादकका रूपमा परिचित नेता हुन् ।

    उनको विचार, नेतृत्व र योगदानको स्मरण गर्दै निर्माण गरिएको मदन भण्डारी फाउण्डेसन पार्क भविष्यमा राजनीतिक अध्ययन, ऐतिहासिक अवलोकन र पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्ने सरोकारवालाहरूले विश्वास गरेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

    ऊर्जा र पर्यटनमन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन

    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

    जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण, अधिकांश जिल्लामा नियन्त्रण भए पनि उपत्यका र काभ्रेमा जोखिम 

    आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

    राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

    मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

    संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ :…

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

    राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    तिन संसदीय समितिको बैठक बस्दै

    खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑