सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ।
प्राप्त जानकारीअनुसार राहदानी विभागको गेटमा पार्क गरिएको गणेश नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ह्वीललक लगाएपछि उनी आवेशमा आएका थिए। त्यसलगत्तै उनले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।
घटनापछि त्यहाँ रहेका सुरक्षाकर्मी र स्थानीयले तत्काल आगो निभाएर उनको उद्धार गरेका थिए। उनलाई प्रारम्भिक उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ। उनको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टामा गम्भीर जलन भएको चिकित्सकले बताएका छन्।
बर्न अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी गरिएको छ। चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेकाले निरन्तर निगरानीमा राखेर उपचार भइरहेको बताएका छन्।
घटनापछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। मोटरसाइकलमा ह्वीललक लगाइएको विषय र त्यसपछि आत्मदाहको प्रयाससम्म पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनाका प्रत्यक्षदर्शी तथा सम्बन्धित निकायसँग पनि बयान लिने काम भइरहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा