• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँ

      जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

      सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक

      सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो

      गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति तथा भरणपोषणको व्यवस्था गर्न माग

      शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग

      गणेश नेपाली प्रकरण : गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ?

      हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले सोध्यो बालेनलाई प्रश्न

      गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद खरेलको माग

      ​गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन (तस्विरहरू)

      राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्हको व्यवस्था गर्न आशिका तामाङको माग

      गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ :सभापति थापा

      ज्ञानेन्द्र शाहीको प्रश्न– गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

      गणेश नेपालीको आत्मदाह घटनाप्रति थापाको प्रश्न : ‘नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो ?’

      गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

    होमपेज /  अन्य

    कृषकलाई मल दिन नसकेकी कृषि मन्त्रिले १०० दिनमा के–के काम गरिन् ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २५, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९ पटक पढिएको
  • काठमाडौं । नयाँ सरकार गठन भएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले एकसय कार्यदिनमा कृषि तथा पशुपन्छी क्षेत्र सुधारका लागि विभिन्न नीतिगत, प्राविधिक तथा संस्थागत काम अघि बढाएको जनाएको छ ।

    मन्त्रालयले बिहीबार एक कार्यक्रमको आयोजना गरि किसानलाई सहज सेवा प्रवाह, कृषि उत्पादनको संरक्षण, मल तथा बीउ व्यवस्थापन सुधार, कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउनेदेखि अन्तर्राष्ट्रिय सहकार्य विस्तारसम्मका कामलाई प्राथमिकतामा राखेको जनाएको हो ।

    मन्त्रालयले सार्वजनिक गरेको सय कार्यदिनको प्रगतिअनुसार कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान वितरण प्रणालीलाई सहज बनाउन कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइएको छ ।

    प्रदेश र स्थानीय तहबाट बीमा दाबी भुक्तानीका लागि गरिने सिफारिस प्रक्रियालाई सरल, सहज र छिटो बनाउन कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधि, २०८२ को पहिलो संशोधन गरिएको र कृषि, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने नयाँ कार्यविधि, २०८३ को मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

    बीमा अनुदान कार्यक्रमलाई डिजिटल माध्यमबाट सञ्चालन गर्न विकास गरिएको कृषि तथा पशुपन्छी बीमा प्रणालीमा संघीय निकायलाई डिजिटल पहुँच उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले गरेको कामका बारेमा जानकारी दिदै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखा, कृषि विभाग र पशु सेवा विभागलाई प्रणालीमा जोडिएको तथा प्रदेश तहको पहुँच विस्तारका लागि प्रणाली स्तरोन्नतिको काम भइरहेको बताए ।

    त्यस्तै, कृषि उत्पादनको मौलिकता र पहिचान संरक्षण गर्ने उद्देश्यले भौगोलिक संकेत प्रणालीमार्फत राष्ट्रिय फल सुन्तला र ठूलो अलैंचीलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ । भौगोलिक संकेतमार्फत नेपाली कृषि उत्पादनको संरक्षण, प्रवद्र्धन र बजार विस्तारमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।

    कृषि क्षेत्रमा देखिँदै आएको रासायनिक मल व्यवस्थापनको समस्या समाधान गर्न सरकारले मल नियन्त्रण आदेश संशोधनको प्रक्रिया अघि बढाएको छ ।

    मन्त्रालयका अनुसार मल (नियन्त्रण) आदेश, २०५५ परिमार्जनका लागि तयार गरिएको मल (नियन्त्रण) आदेश, २०८३ को प्रारम्भिक मस्यौदामाथि सरोकारवालाबाट सुझाव प्राप्त भइसकेको छ । प्राप्त सुझाव समेटेर अन्तिम मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    अनुदानको रासायनिक मल वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि संशोधन गरिएको र मल वितरण गर्ने कम्पनी तथा व्यापारीका लागि आवश्यक मापदण्ड तयार गरिएको मन्त्रालयले जनाएको छ ।

    मल वितरणमा पारदर्शिता कायम गर्न मल व्यवस्थापन सूचना प्रणाली स्तरोन्नति भइरहेको छ । उक्त प्रणालीमा डिलर तथा सहकारीको ठेगाना, सम्पर्क नम्बर, स्थानीय तहले प्राप्त गरेको मलको कोटा तथा परिमाण, मल डिपोबाट खरिद गरिएको मिति र परिमाणलगायत विवरण समावेश गरिने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सहकार्य अघि बढाएको जनाएको छ । दुग्ध क्षेत्रको गुणस्तर सुधारसम्बन्धी परियोजनाका लागि करिब १.१८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव परिमार्जन गरी अन्तिम रूप दिइएको मन्त्रालयले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनसँग याक, चौँरी, पश्मिना, विषादी व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, महिला किसान सशक्तीकरण तथा क्षति व्यवस्थापनका क्षेत्रमा प्राविधिक सहयोगका प्रस्ताव पेश गरिएको र प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, कोरिया सरकारसँग ६.७६ मिलियन अमेरिकी डलर बराबरको दुग्ध क्षेत्र विकास परियोजना स्वीकृत भएको र परियोजना कार्यान्वयनका लागि सम्झौता प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त परियोजनाअन्तर्गत दुग्ध उद्योग, पशु आहार व्यवस्थापन तथा पशु आनुवंशिक सुधारसम्बन्धी काम गरिने बताइएको छ ।

    नेपालमा जलवायु अनुकूल धान उत्पादन वृद्धि गर्ने उद्देश्यले कोरिया सरकारको सहयोगमा १२ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त परियोजना लुम्बिनी प्रदेशका चार जिल्ला र सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा सञ्चालन गर्ने योजना रहेको छ ।

    कृषि उत्पादनको निर्यात प्रक्रिया सहज बनाउन मन्त्रालयले ‘एक्सपोर्ट फ्यासिलिटेसन फोकल डेस्क’ स्थापना गरी सेवा प्रवाह सुरु गरेको जनाएको छ । कृषि वस्तुको निर्यातमा देखिने प्रक्रियागत समस्या समाधान र सहजीकरणका लागि उक्त डेस्क सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, मत्स्य क्षेत्रको दिगो विकास, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि तथा अनुसन्धानका लागि नेपाल सरकार र वल्र्ड फिस सेन्टरबीच सहकार्य प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । अमेरिकी संस्था पिस कोप्र्स नेपालसँग कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनका लागि सहकार्य अवधि थप पाँच वर्षका लागि नवीकरण गरिएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

    कृषि विभागतर्फ चालु आर्थिक वर्षमा उखु किसानको भुक्तानी सहजीकरणमा प्रगति भएको मन्त्रालयले जनाएको छ । १३ वटा चिनी मिलमा उखु बिक्री गरेका करिब ६८ हजार किसानलाई नेपाल सरकारले तोकेको प्रतिक्विन्टल ६२० रुपैयाँ खरिद मूल्यअनुसार भुक्तानी गर्नुपर्ने रकममध्ये करिब ९२ प्रतिशत रकम मिलबाट भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार बाँकी किसानको खातामा देखिएको समस्या समाधान गरी भुक्तानी प्रक्रिया अघि बढाइएको छ । साथै, सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबापतको करिब १ अर्ब ५२ करोड रुपैयाँ रकम आठ वटा पोलेनिकामा पठाइएको र किसानको खातामा पठाउने प्रक्रिया अघि बढेको जनाएको छ ।

    मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा बाली बीमा तथा पशुपन्छी र मत्स्य बीमातर्फ प्रिमियम अनुदान रकम भुक्तानी गरिएको छ । गहुँ, चैते धान र वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, डिजिटल इनेबल्ड सिड म्यानेजमेन्ट सिस्टममार्फत ५३० मेट्रिक टन धानको स्रोत बीउ र १२२० मेट्रिक टन उन्नत बीउ स्थानीय तहसम्म पु¥याइएको मन्त्रालयले जनाएको छ ।

    फलफूल क्षेत्र विस्तारका लागि विभिन्न १० जातका फलफूल करिब १ हजार ७१२ हेक्टर क्षेत्रफलमा विस्तार गर्ने सम्झौता भएको र ८४६ हेक्टर क्षेत्रमा रोपण कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

    बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत कृषकलाई गुणस्तरीय बीउ उपलब्ध गराउने उद्देश्यले विभिन्न बालीका ३८४ वटा जात सूचित तथा मापदण्डीकृत गरिएको मन्त्रालयले जनाएको छ । बीउ बिजनको गुणस्तर नियमनका लागि प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसमेत स्वीकृत गरिएको बताइएको छ ।

    मन्त्रालयले १०० कार्यदिनमा कृषि क्षेत्रको आधुनिकीकरण, किसानमैत्री सेवा विस्तार, उत्पादन वृद्धि र कृषि प्रणाली सुधारका लागि आधार तयार भएको दाबी गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँ

    जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

    गणेश नेपाली प्रकरण : गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ?

    हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले सोध्यो बालेनलाई प्रश्न

    ​गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन (तस्विरहरू)

    शरीरमा आगो लगाएका गणेश नेपालीको निधन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११…

    जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान…

    सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र…

    सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो

    गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद…

    गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ…

    ज्ञानेन्द्र शाहीको प्रश्न– गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर…

    गणेश नेपालीको आत्मदाह घटनाप्रति थापाको प्रश्न : ‘नागरिकले…

    आर्थिक

    बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    नेप्से ३०.०९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑