• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र सार्वजनिक, रास्वपा विवादमा

      असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने प्रतिफल थप कम, कुन बैंकको कति ?

      वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी : मन्त्री यादव

      मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

      कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन 

      सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

      स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

      काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने

      टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

      बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

      कोशीबाट कांग्रेस इतर समूहको शक्ति प्रदर्शन, शेखर–देउवा समूह एउटै मञ्चमा

      डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    होमपेज /  अन्य

    असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने प्रतिफल थप कम, कुन बैंकको कति ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३१, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ४० पटक पढिएको
  • काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वित्तीय प्रणालीमा उच्च तरलता कायम रहनु र कर्जा प्रवाह अपेक्षाकृत कमजोर रहँदा अधिकांश बैंकहरूले निक्षेपमा दिने ब्याजदरलाई न्यून स्तरमै कायम राखेका छन् भने केही बैंकहरूले थप कटौती गरेका छन्।

    नेपालका २० वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर असारमा ४.२७ प्रतिशत कायम भएको छ। यो जेठ महिनाको ४.३४ प्रतिशतको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो। यस्तै संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ।

    बैंकिङ प्रणालीमा ठूलो परिमाणमा तरलता थुप्रिएको, लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जाको माग कमजोर रहेको तथा आर्थिक गतिविधि अपेक्षाकृत सुस्त रहँदा बैंकहरूलाई निक्षेप आकर्षित गर्न उच्च ब्याजदरको आवश्यकता नपरेको विश्लेषण गरिएको छ।

    असार महिनाका लागि सात बैंकले ब्याजदर घटाएका छन्। कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३.९१ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, एनएमबी बैंकले ४.७५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत तथा एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

    यता १३ बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याज राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले दिने भएका छन्। त्यसपछि नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।

    त्यसैगरी नेपाल बैंक र नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत तथा एभरेष्ट बैंक र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

    बैंकहरूले प्रत्येक महिनाको अन्तिम दिन आगामी महिनाका लागि लागू हुने ब्याजदर सार्वजनिक गर्ने व्यवस्था अनुसार आइतबार असार महिनाको नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन्।

    ब्याजदर निरन्तर घट्दै जाँदा निक्षेपकर्ताले बचत तथा मुद्दती निक्षेपबाट पाउने प्रतिफल कम हुँदै गएको छ। तर अर्कोतर्फ कर्जाको ब्याजदर पनि घट्ने सम्भावना बढेकाले व्यवसायी तथा ऋणीहरूलाई भने केही राहत पुग्ने अपेक्षा गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र सार्वजनिक, रास्वपा विवादमा

    स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

    सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

    सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

    टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

    वन कर्मचारीले टेम्पो भीरबाट खसालेपछि आलोचना, पीडितको गुनासो– ‘हारगुहार गर्दा पनि कसैले सुनेन’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस फुटिसक्यो: डा. शशांक कोइराला

    महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र…

    असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने…

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    आर्थिक

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑