• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

      नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल

      घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

      लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

      सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको निर्देशन

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

      निर्मल पुर्जाको निधनले मर्माहत बने पाकिस्तानका पूर्वक्रिकेटर शाहिद अफ्रिदी

      माग पूरा नभए भदौदेखि देशव्यापी आन्दोलनको आँधी ल्याउने शिक्षकहरुको चेतावनी

      कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

    होमपेज /  आर्थिक

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३१, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९६ पटक पढिएको
  • जनकपुर । मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२÷०८३ मधेश प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

    आईतबार बसेको प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्था बमोजिम आर्थिक सर्वेक्षण २०८२÷०८३ प्रस्तुत गरेका हुन् ।

    प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८२÷८३ का लागि उपभोक्ता मूल्यमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब रुपैयाँ हुने अनुमान छ भने अघिल्लो वर्षको संशोधित अनुमान ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ ।

    मधेश प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १३.१ प्रतिशत योगदान पुर्याउने र आर्थिक वृद्धिदर १.३१ प्रतिशत मात्र रहने अनुमान छ, जुन गत वर्ष ४.४३ प्रतिशत थियो।

    प्रदेशको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको ३५ प्रतिशत र सबैभन्दा न्यून खानी तथा उत्खनन क्षेत्रको ०.१० प्रतिशत रहने अनुमान छ।

    औद्योगिक वर्गीकरणअनुसार यस प्रदेशमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा १०.९१ प्रतिशत हुनेछ भने कृषि क्षेत्रको वृद्धिदर भने सबैभन्दा कम अर्थात् १.२६ प्रतिशतले ऋणात्मक –१.२६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

    आर्थिक वर्ष २०८२÷८३ मा मधेश प्रदेशको बजेटको आकार चालूतर्फ रु. १६ अर्ब ७२ करोड ०५ लाख र पुँजीगततर्फ रु. ३० अर्ब २६ करोड २८ लाख गरी जम्मा रु. ४६ अर्ब ९८ करोड ३३ लाख रहेको छ, जुन विगतका ८ वर्षकै सबैभन्दा ठुलो आकारको बजेट हो।

    आर्थिक वर्ष २०८२÷८३ को फागुन मसान्तसम्म प्रदेश सरकारको कुल खर्च रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०८ प्रतिशतले वृद्धि भई रू. ५ अर्ब ४६ करोड रहेको छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्मको कुल खर्च मध्ये चालु खर्च तर्फ रु. ३ अर्ब २२ करोड खर्च भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा चालु खर्च तर्फ रु. ३ अर्ब ४१ करोड खर्च भएको छ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा चालु खर्चमा ५.९४ प्रतिशतले वृद्धि भएको देखिन्छ। पुँजीगत बजेट तर्फ गत आर्थिक वर्षको फागुन मसान्तसम्म कुल रु. १ अर्ब ११ करोड खर्च भएकोमा चालू आर्थिक वर्षको सोही अवधिसम्म कुल रु. २ अर्ब ५ करोड खर्च भएको छ। चालू आर्थिक वर्षमा पुँजीगत खर्च गत आर्थिक वर्षको विनियोजित बजेटको खर्चको तुलनामा ८४.५८ प्रतिशतले वृद्धि भएको छ। विगत ३ आर्थिक वर्षको फाल्गुन सम्म कुल विनियोजित बजेटमा खर्चको औसत प्रगति प्रतिशत ११.०५ प्रतिशत रहेको छ।

    आर्थिक वर्ष २०८२÷०८३ को फागुन मसान्तसम्म प्रदेश सञ्चित कोषमा रु. २० अर्ब २६ करोड आय प्राप्त भएको छ। सो आयमा कर राजस्व, गैर कर राजस्व, वित्तीय हस्तान्तरण, नगद मौज्दात र बेरुजु निकासा तथा अनुदान फिर्ताको हिस्सा क्रमशः ४५.८६ प्रतिशत, ३.४९ प्रतिशत, २९.२० प्रतिशत, २१ प्रतिशत र ०.४४ प्रतिशत रहेको छ।

    समग्रमा मधेश प्रदेशको वन क्षेत्रमा ५.१८ प्रतिशतको औसत कुल वृद्धि भएको छ। वन क्षेत्रको वृद्धि प्रतिशतलाई नियाल्दा महोत्तरीको संरक्षित क्षेत्रमा सबैभन्दा बढी ८.६ प्रतिशत र धार्मिक वनमा ८.० प्रतिशतको उच्च वृद्धिदर कायम भएको देखिन्छ भने सरकारद्वारा व्यवस्थित वनमा सबैभन्दा कम अर्थात् मात्र १.२ प्रतिशतको वृद्धि भएको छ।

    यस तथ्यले मधेश प्रदेशमा सरकारी वन व्यवस्थापनको तुलनामा समुदायमा आधारित वन व्यवस्थापन पद्धति निकै प्रभावकारी रहेको र यसले वनको क्षेत्रफल विस्तार तथा संरक्षणमा उल्लेखनीय योगदान पुर्याइरहेको कुरा स्पष्ट रुपमा आर्थिक सर्वेक्षणले देखाएको छ । मधेश प्रदेश सरकारले भोली बजेट ल्याउन लागेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

    लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑