• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक साताभित्र संसदीय समिति गठन गर्न सुझाव

      बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल

      दुलहीजस्तै सिँगारिँदै छ जोमसोम बजार

      बाढीपीडितलाई फक्ताङ्लुङ गाउँपालिकाको २६ लाखभन्दा बढी सहयोग

      भोटेकोशी बाढी अपडेट : १ हजार ३९७ जनाको शव फेला

      विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले अघि सा¥यो ६ बुँदे नयाँ अवधारणा

      चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

      शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन, पदाधिकारीसँग अन्तरक्रिया

      नवप्रवेशी युवाहरुको साथ र सहयोगले पार्टीलाई नयाँ उचाइमा पु¥याउने छ : अध्यक्ष घिसिङ

    होमपेज /  शिक्षा

    एसईईमा पिक प्वाईन्टको ऐतिहासिक सफलता: ९ विद्यार्थीले ल्याए ४.० जीपीए, सम्मान तथा बिदाइ गरियो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १७, आईतबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११८४ पटक पढिएको
  • काठमाडौं ।बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित पिक प्वाईन्ट एजुकेशन नेटवर्कले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको परम्परालाई निरन्तरता दिएको छ। यस वर्ष विद्यालयका ९ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.० जीपीए हासिल गरेका छन् भने सहभागी सबै ६८ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

    उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सम्मान तथा बिदाइ गर्न शनिबार काठमाडौंको सुकुन्दा बैंक्वेटमा भव्य ‘फेलिसिटेसन एन्ड फेयरवेल प्रोग्राम २०८३’ आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीसँगै उनीहरूका अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    विद्यालयका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ६८ जना विद्यार्थीमध्ये ६६ जनाले ३.६ देखि ४.० जीपीएसम्म प्राप्त गरेका छन् भने बाँकी २ जनाले ३.२ देखि ३.६ जीपीए हासिल गरेका छन्। विद्यालयले लगातार कायम राख्दै आएको ‘शून्य अनुत्तीर्ण’ को इतिहास यस वर्ष पनि कायम रहन सफल भएको छ।

    यस वर्ष ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा विविधि सिलवाल, दिशा आङ्देम्बे, रुपेन परियार, सजन दाहाल, यूसन राई, प्रजिन पौडेल, विपासना गौतम, साहाल भट्टराई र गौतम गुरुङ रहेका छन्। उनीहरूको उत्कृष्ट सफलताले विद्यालयलाई मात्र नभई सम्पूर्ण बुढानीलकण्ठ क्षेत्रलाई गौरवान्वित बनाएको विद्यालयले जनाएको छ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बिनय श्रेष्ठले उत्कृष्ट नतिजा कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नभएको उल्लेख गर्दै विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य नै सफलताको मुख्य आधार भएको बताउनुभयो।

    “विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगका कारण हामीले यो उपलब्धि हासिल गरेका हौं। यो सफलता केवल विद्यालयको मात्र नभई सम्पूर्ण समुदायको गर्वको विषय हो,” उहाँले भन्नुभयो।

    सह–प्रधानाध्यापक महेश केसीले पिक प्वाईन्टले हासिल गरेको सफलता चुनिखेल क्षेत्रका लागि प्रेरणादायी उदाहरण बनेको बताउनुभयो। उहाँले आगामी दिनमा विद्यालयले अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्ने लक्ष्यसहित गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    “उत्कृष्ट नतिजाले हामीमाथि थप जिम्मेवारी बढाएको छ। विद्यार्थीहरूको क्षमता विकास, व्यवहारिक शिक्षा र प्रतिस्पर्धात्मक दक्षता अभिवृद्धिका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछौं,” उहाँले भन्नुभयो।

    कार्यक्रमका अवसरमा एसईई तयारीमा महत्वपूर्ण योगदान पुर्‍याएका कक्षा १० का सम्पूर्ण शिक्षकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी र उनीहरूका अभिभावकलाई समेत विशेष सम्मान गरेको थियो।

    वि.सं. २०६० सालमा स्थापना भएको पिक प्वाईन्ट एजुकेशन नेटवर्कले २०७० सालदेखि एसएलसी (हाल एसईई) परीक्षामा सहभागिता जनाउँदै आएको छ। विद्यालयले सुरुदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ भने हालसम्म विद्यालयबाट एसईई परीक्षा दिएका कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन्।

    यसैबीच, बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका ११३ संस्थागत र १९ सामुदायिक विद्यालयमध्ये एसईई २०८३ को नतिजाका आधारमा पिक प्वाईन्ट एजुकेशन नेटवर्क दोस्रो स्थानमा पर्न सफल भएको जनाएको छ। नगरस्तरमा प्राप्त यो उपलब्धिलाई विद्यालयले आफ्नो शैक्षिक यात्राको अर्को महत्वपूर्ण कोशेढुंगाको रूपमा लिएको छ।

    हाल पिक प्वाईन्ट एजुकेशन नेटवर्क अन्तर्गत पिक प्वाईन्ट एकेडेमी, पिक प्वाईन्ट पब्लिक स्कुल र हार्मोनी प्रोग्रेसिभ स्कुल सञ्चालनमा रहेका छन्। यी संस्थामार्फत नेटवर्कले काठमाडौं उपत्यकामा गुणस्तरीय, अनुशासित र परिणाममुखी शिक्षाको प्रवर्द्धन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक…

    बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९…

    रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी…

    अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित…

    आर्थिक

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑