• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

      जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

      एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

      ५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

      विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री

      डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

      अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

      दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

      बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

      उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार

      धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

      सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

      आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

      आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

    होमपेज /  आर्थिक

    एलोन मस्कको कम्पनी स्पेसएक्सद्वारा आईपीओ निष्कासन योजना सार्वजनिक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ७, बिहिबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३७ पटक पढिएको
  • काठमाडौं । एलोन मस्कको रकेट तथा भू–उपग्रह कम्पनी स्पेसएक्सले बुधबार आफ्नो लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ ।

    सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको हो ।

    सार्वजनिक निष्कासनलाई विश्व इतिहासकै सबैभन्दा ठूलो आइपीओका रूपमा हेरिए पनि कम्पनीले कति रकम सङ्कलन गर्न खोजेको र यसको मूल्याङ्कन कति हुनेछ भन्ने कुरा भने खुलाएको छैन । जसको घोषणा सेयर निष्कासन हुनु ठीक अघि गरिनेछ । कम्पनीले आफ्नो व्यवसाय सञ्चालनका बारेमा २७७ पृष्ठ लामो विस्तृत विवरण सार्वजनिक गरेको छ, जस अनुसार एलोन मस्क कम्पनीको अध्यक्ष र मुख्य सञ्चालन अधिकृत (सीओओ) ग्विन सटवेल निर्देशकका रूपमा रहेका छन् ।

    स्पेसएक्सले आफ्नो विवरणपत्रमा जीवनलाई बहु–ग्रहिय बनाउने, ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्ने र चेतनाको प्रकाशलाई ताराहरूसम्म फैलाउने महत्त्वाकाङ्क्षी उद्देश्य राखेको छ । यो लक्ष्य हासिल गर्न कम्पनीले आफ्ना स्टारलिंक सञ्चार प्रविधिलाई थप सबल बनाउन भूउपग्रहहरूको द्रुत उत्पादन र प्रक्षेपणलाई निरन्तरता दिने तथा सूर्यको ऊर्जा प्रयोग गरी वैज्ञानिक खोजलाई बढावा दिने सत्य–खोजकर्ता आर्टिफिसियल इन्टेलिजेन्सको विकास गर्ने योजना बनाएको छ । अन्ततः चन्द्रमामा आधार शिविर र अन्य ग्रहहरूमा सहरहरू बसाउने कम्पनीको लक्ष्य छ ।

    यस आईपीओले ठूलो मात्रामा पूँजी भित्र्याउने र मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर (खर्बपति) बनाउन सक्ने अनुमान गरिएको छ । स्पेसएक्सको एआई क्षमतामा रहेको विश्वासकै कारण मस्कले गत फेब्रुअरीमा स्पेसएक्सलाई आफ्नो एआई र सामाजिक सञ्जाल कम्पनी एक्सएआई सँग गाभेका थिए । जसले गर्दा एकीकृत कम्पनीको मूल्याङ्कन त्यतिबेलै १.२५ ट्रिलियन अमेरिकी डलर पुगेको थियो ।

    कम्पनीमा मस्कको ठूलो हिस्सा रहेको छ; साधारण सेयरमा १२.३ प्रतिशत र प्रतिसेयर १० भोटको अधिकार रहने क्लास बी सेयरमा ९३.६ प्रतिशत स्वामित्वका साथ मस्कले कम्पनीको कुल भोटिङ पावरको ८५.१ प्रतिशत नियन्त्रण गर्छन, जसले आईपीओ पछि पनि कम्पनीमा उनको एकल नियन्त्रण सुनिश्चित गर्दछ । यस्तै, भालोर एन्टिटिजमार्फत ७.३ प्रतिशत साधारण सेयरका साथ ग्रासियस कम्पनीको दोस्रो ठूलो सेयरधनी रहेका छन् ।

    वित्तीय अवस्थाको कुरा गर्दा, स्पेसएक्सले गत वर्ष १८.७ बिलियन डलर आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशत बढी हो । यद्यपि, कम्पनी अझै नाफामा जान सकेको छैन । सन् २०२४ मा ७९१ मिलियन डलर नाफा कमाएको कम्पनी सन् २०२५ मा ४.९ बिलियन डलरको नोक्सानीमा गएको थियो, जबकि सन् २०२३ मा यसले ४.६ बिलियन डलर गुमाएको थियो ।

    यो नोक्सानी सन् २०२६ मा पनि जारी रहने निश्चित देखिएको छ, किनकि कम्पनीले यस वर्षको पहिलो तीन महिनामै ४.७ बिलियन डलरको आम्दानीमा ४.३ बिलियन डलर नोक्सान व्यहोरिसकेको छ । गत वर्ष कम्पनीले कुल २०.७ बिलियन डलर खर्च गरेको थियो, जसको ठूलो हिस्सा (१२.७ बिलियन डलर) एआई प्रविधिमा लगानी गरिएको थियो ।

    यसबाहेक स्टारलिङ्कमा ४.२ बिलियन डलर र रकेट लगायतका अन्य अन्तरिक्ष अभियानमा ३.८ बिलियन डलर खर्च भएको थियो । यो पूँजीगत खर्च सन् २०२४ को ११.२ बिलियन डलर भन्दा झण्डै दोब्बर हो र सन् २०२३ को ४.४ बिलियन डलरको तुलनामा निकै बढी हो ।

    यस वर्षको पहिलो तीन महिनामै कम्पनीले १०.१ बिलियन डलर खर्च गरिसकेको छ, जसमा ७.७ बिलियन डलर एआईमा मात्र खर्च भएको छ । यति ठूलो नोक्सानीका बावजुद स्पेसएक्सले भविष्यमा सधैँ घाटामा नरहने दाबी गरेको छ ।

    कम्पनीले आगामी दिनमा २८.५ ट्रिलियन डलर बराबरको ठूलो आम्दानीको अवसर रहेको औंल्याएको छ, जसलाई स्पेसएक्सले ‘मानव इतिहासकै सबैभन्दा ठूलो र कार्ययोग्य बजार अवसर’को रूपमा व्याख्या गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार…

    जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑