सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ (Best Life Insurance Company of the Year – Nepal) अवार्ड प्राप्त गरेको छ।
इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा बैंकक, थाइल्यान्डमा आयोजित विशेष समारोहमा उक्त अवार्ड घोषणा गरिएको हो।
कम्पनीका अनुसार आयोजकबाट प्रदान गरिएको आधिकारिक ट्रफी तथा प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ। यस सम्मानले सिटिजन लाइफको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, आधुनिक डिजिटल प्रविधिको प्रयोग तथा आम नागरिकमाझ जीवन बीमाको पहुँच विस्तारमा खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीले जनाएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि ग्राहकहरूको अटुट विश्वास, अभिकर्ता तथा कर्मचारीहरूको समर्पण र अथक परिश्रमको प्रतिफल भएको बताए। उनले उक्त सम्मान सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूलाई समर्पित गर्दै आगामी दिनमा पनि सेवाहरूलाई अझ सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख–दुःखको सारथी बन्न कम्पनी प्रतिबद्ध रहने उल्लेख गरे।
सिटिजन लाइफले छोटो अवधिमै ग्राहक केन्द्रित सेवा, नवप्रवर्तन र डिजिटल रूपान्तरणमार्फत नेपाली जीवन बीमा क्षेत्रमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा