• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • थाइल्यान्डको राजधानी बैंककनजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

      सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

      माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

      बीपीको जन्मघर मर्मतका लागि विनियोजित २ करोड रुपैयाँ शेखर कोइरालाद्वारा अस्वीकार

      जन्मसिद्ध नागरिकताबारे ट्रम्पका दुई नयाँ आदेश, बच्चा जन्माउन अमेरिका पुग्ने अभ्यासमा प्रतिबन्ध

      कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

      गृहमन्त्रीलाई मिरज ढुंगानाको कटाक्ष: ‘१०–१२ बोतल पानी बाँडेर मन्त्री खानेले अरूलाई राजनीति सिकाउन मिल्दैन’

      बाबुराम भट्टराई भन्छन् : पुरानै नेता र विचारमा रंगरोगन गरेर नयाँ पार्टी बन्दैन

      कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

      मुख्य राजमार्गमा पहिरो र बाढीको प्रभाव, केही सडक पूर्ण तथा केहीमा एकतर्फी सञ्चालन

      २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

      तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

      शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै

      प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेस हुने

      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    होमपेज /  आर्थिक

    २७ औँ फ्लोरा एक्स्पोमा ६० हजार दर्शक र १ करोडभन्दा बढी कारोबार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र ९, सोमबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३६ पटक पढिएको
  • काठमाडौं । २७ औँ फ्लोरा एक्स्पो २०८२ सम्पन्न भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा चैत्र ५ गतेदेखि सुरु भएको उक्त एक्स्पो आइतबार समापन गरिएको हो । चार दिनसम्म सञ्चालन भएको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गरेका छन् भने करिब १ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।

    फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार एक्स्पोको मुख्य उद्देश्य पुष्प व्यवसायको प्रवद्र्धन गर्नु, व्यवसायीहरूले भोगिरहेका समस्याहरू पहिचान गर्नु तथा ती समस्याहरूलाई नीतिगत रूपमा समाधानका लागि सरकारसमक्ष सुझाव प्रस्तुत गर्नु रहेको छ । यस वर्ष एक्स्पोमा ‘प्लान्ट क्लिनिक’, रैथाने (स्थानीय) बिरुवाहरूको प्रदर्शनी तथा विभिन्न संघ–संस्थासँग सहकार्यजस्ता नयाँ कार्यक्रमहरू समावेश गरिएको उनले बताए ।

    उनले भने, ‘हाम्रो उद्देश्य भनेको पुष्प प्रबर्धन गर्ने र समष्टिगत रुपमा व्यवसायको समस्या के छ त्यो नीतिगत रुपमा पहल गर्नलाई सरकारलाई सुझाव दिने हो । यस पटक प्लान्ट क्लिनिक राखेका थियौं । लगभग ६० हजारले एक्स्पो अवलोकन गरेका छन् । अन्तिम दिनमा एकदमै उत्साहित रुपमा अवलोकन गर्नेहरु बढेका थिए । कारोबार लगभग सोचेको भन्दा पनि बढी भएको छ । करिब एक करोड ५ लाख भन्दा माथि नै भएको छ भन्ने अनुमान छ ।’

    अध्यक्ष श्रेष्ठले एक्स्पोप्रति दर्शक र व्यवसायीबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । उनले एक्स्पोमा प्रदर्शित बिरुवाहरूको गुणस्तर राम्रो रहेको, नयाँ–नयाँ प्रजातिहरू समावेश गरिएको तथा स्वदेशमै उत्पादन भएका बिरुवाहरूको हिस्सा उल्लेखनीय रूपमा बढी रहेको बताए । उनले सरकारी निकायबाट प्राप्त सहयोगप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै नीतिगत सुधार आवश्यक रहेको औंल्याए । पुष्प क्षेत्रलाई अन्य कृषि क्षेत्रसरह प्राथमिकतामा राख्नुपर्ने माग पनि उनले गरे ।

    उनले भने, ‘व्यवसायहरुले भोगेका समस्याहरुलाई नीतिगत रुपमा सुल्झाउनुपर्छ भन्ने हाम्रो सुझाव हो । आगामी दिनमा सरकारले हाम्रा समस्याहरुको सम्बोधन हुने खालको नीतिहरु ल्याउनु हुन्छ भन्ने विश्वास छ । पुष्प क्षेत्रलाई अरु कृषि वस्तुहरु सरह प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो माग हो ।’

    त्यस्तै, फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल) ले यसपटकको एक्स्पो अघिल्ला संस्करणहरूको तुलनामा अझ सफल भएको बताए । उनका अनुसार २६ औँ फ्लोरा एक्स्पोपछिको अवधिमा विदेशी विशेषज्ञमार्फत तालिम सञ्चालन गरिएपछि स्वदेशमै उत्पादन हुने बिरुवाहरूको गुणस्तरमा सुधार आएको हो । विशेषगरी इलाममा उत्पादन गरिएका एजेलिया, डबल एजेलिया, क्यामेलिया लगायतका बिरुवाहरू यसपटकको एक्स्पोमा आकर्षणको केन्द्र बनेको बताए ।

    यसपटक मेला व्यवस्थापनमा समेत सुधार गरिएको, स्वास्थ्य सहायता तथा सेवाहरूको व्यवस्था गरिएको र दर्शकहरूलाई सहज वातावरण प्रदान गरिएको उनले बताए । तामाङका अनुसार अहिले सिजनल फूलभन्दा पनि वर्षभरि हरियाली रहने ‘पेरेनियल’ तथा ‘इन्डोर’ बिरुवाहरूको माग उल्लेखनीय रूपमा बढेको छ । पिस लिली, एन्थुरियम, अर्किड, एजेलिया लगायतका बिरुवाहरू विशेष रूपमा बिक्री भएका छन् । उनले आगामी दिनमा टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गरी आयात घटाउँदै आत्मनिर्भर बन्ने लक्ष्य रहेको बताए । यसका लागि सरकारसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

    एक्स्पो अवलोकन गर्न पुगेकी अनु राईले यस्तो मेला आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि अत्यन्त उपयोगी रहेको बताइन् । उनले विभिन्न नर्सरीहरूमा सहज पहुँच नहुँदा आफूले चाहेको बिरुवा किन्न कठिन हुने गरेको उल्लेख गर्दै एक्स्पोमा भने एकै स्थानमा विभिन्न प्रजातिका बिरुवाहरू हेर्न र किन्न पाउनु सहज भएको अनुभव सुनाइन् ।

    उनले भनिन्, ‘म यो फ्लोरा एक्स्पोमा प्रत्येक वर्ष आउँछु । किनभने हामी अपाङ्गता भएका महिलाहरूलाई सबै नर्सरीमा जानको लागि संभव छैन्। यहाँ हामीले चाहेको फूलहरू हेर्न पाउँछौं, लिन पाउँछौँ । गमलाहरु आफूले सोचेको जस्तो अर्डर गर्न पाउँछौं ।’साथै, एक्स्पो स्थल अपाङ्गमैत्री, सहयोगी वातावरण रहेको र कर्मचारीहरू व्यवहार राम्रो रहेको भन्दै उनले प्रशंसा गरिन् ।

    आयोजकका अनुसार पछिल्लो समय घर, क्याफे, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा सार्वजनिक स्थानहरूमा बिरुवा रोप्ने प्रवृत्ति बढ्दै गएको छ । स्थानीय तहहरूले समेत घर निर्माण स्वीकृतिमा बिरुवा रोप्ने सर्त राख्न थालेपछि पुष्प व्यवसायको विस्तारमा थप टेवा पुगेको छ । फ्यानका अनुसार हाल पुष्प क्षेत्रले करिब ५२ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । यस क्षेत्रलाई थप विस्तार गर्न नीतिगत सुधार, सामग्री आपूर्तिमा सहजता तथा सरकारी सहयोग आवश्यक रहेको व्यवसायीहरूको माग छ । उनीहरूले पुष्प क्षेत्रलाई कृषि क्षेत्रसरह प्राथमिकतामा राख्नुपर्ने र दीर्घकालीन रूपमा आत्मनिर्भर बन्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    थाइल्यान्डको राजधानी बैंककनजिकै रहेको एक विद्यालयमा गोली चल्दा…

    सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा…

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १…

    बीपीको जन्मघर मर्मतका लागि विनियोजित २ करोड रुपैयाँ…

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑