सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । बुधबार बिहान विद्युतीय सवारी (EV) चार्जिङ पोइन्टमा भएको विस्फोटपछि आगलागी हुँदा एकै परिवारका आठ जनाको ज्यान गएको छ। घटना मध्यप्रदेशको इन्दौरस्थित ब्रजेश्वरी एनेक्स कोलोनीमा भएको हो।
प्रहरीका अनुसार बिहान करिब ३:३० देखि ४:३० बजेको बीचमा तीन तले घर बाहिर चार्जमा राखिएको कारको चार्जिङ पोइन्टमा विस्फोट भएको थियो। विस्फोटपछि कारमा लागेको आगोले घरमा फैलिँदै ठूलो क्षति पुर्याएकोसन्तोष कुमार सिंहले जानकारी दिएका छन्।
घरका ढोकामा इलेक्ट्रोनिक लक जडान भएकाले उद्धार टोलीलाई भित्र पस्न कठिन भएको बताइएको छ। आगलागीका क्रममा घरभित्र रहेका ग्यास सिलिन्डरहरू समेत विस्फोट भएपछि आगो अझ तीव्र भएको प्रहरीले जनाएको छ।
घटनामा दुई नाबालिग बालबालिका र तीन महिलासहित आठ जनाको मृत्यु भएको छ। मृतकहरूमा तन्मय (६), राशी सेठिया (१२), सिमरन (३०), टिनु (३५), सुमन सेठिया (६०), विजय सेठिया (६५), छोटु सेठिया (२२) र मनोज (६५) रहेका छन्।
आगो लागेका बेला घरभित्र फसेका तीन जनालाई उद्धार गरिएको थियो। घाइतेहरूलाई अस्पताल पुर्याइए पनि प्राथमिक उपचारपछि उनीहरूले अर्को अस्पतालमा उपचार गर्ने इच्छा व्यक्त गरेका अधिकारीहरूले बताएका छन्।
घटनापछि मध्यप्रदेश सरकारले विस्तृत अनुसन्धान गर्न विज्ञहरूको समिति गठन गर्ने घोषणा गरेको छ। शहरी विकास तथा आवास मन्त्री कैलाश विजयवर्गीय ले EV चार्जिङ प्रणालीका लागि मानक सञ्चालन प्रक्रिया (SOP) तयार गरिने बताएका छन्।
उनले पछिल्लो समय कच्चा तेलको मूल्य वृद्धि र विद्युतीय सवारीप्रतिको बढ्दो चासोका कारण घरमै EV चार्ज गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस घटनाले सुरक्षा मापदण्डको आवश्यकता देखाएको बताए।
मन्त्री विजयवर्गीयले साँघुरा सडक, मुख्य सडक किनारमा पार्किङ र साना जग्गामा ठूला भवन निर्माणजस्ता समस्याले आपतकालीन उद्धार कार्यमा पनि समस्या पैदा गरिरहेको बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा