• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  विश्व

    मध्यपूर्वी मुलुकमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन अमेरिकाको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १९, मंगलबार (४ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४८ पटक पढिएको
  • काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता” हुन आग्रह गर्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ ।

    अमेरिका र इजरायलद्वारा इरानमाथि समन्वित हवाई आक्रमण तथा त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई लक्षित गरी आक्रमण गरेपछि सुरक्षा जोखिम गम्भीर बनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुवियोले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै मध्यपूर्वमा रहेका अमेरिकी नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन् । उनले नागरिकहरूलाई स्टेप प्रणालीमा दर्ता गर्न, ट्राभल एडभाइजरी हेर्न तथा आवश्यक परे २४ सै घण्टा उपलब्ध आपतकालीन नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

    कन्सुलर मामिलासम्बन्धी सहायक विदेशमन्त्री मोरा नामदारले पनि अलग्गै सन्देश जारी गर्दै बहरेन, कुवेत, इजिप्ट, लेबनान, इरान, ओमान, इराक, कतार, इजरायल, वेस्ट बैंक तथा गाजा, साउदी अरेबिया, सिरिया, जोर्डन, संयुक्त अरब इमिरेट्स र यमनलगायत देशबाट व्यावसायिक उडानमार्फत तुरुन्त बाहिरिन आग्रह गरेकी छन् । मार्च २ अपराह्न ४ बजे (ईएसटी) अद्यावधिक गरिएको उक्त परामर्शमा ती देशहरूमा “गम्भीर सुरक्षा जोखिम” रहेको जनाइएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरीकाको केन्द्रिय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा ६ जना अमेरिकी सैनिक मारिएको पुष्टि गरेको छ । सेन्टकमका अनुसार इरानको प्रारम्भिक आक्रमणमा प्रभावित एक सैन्य संरचनाबाट बेपत्ता दुई सैनिकको शव हालै फेला पारिएको हो । मृतकहरूको पहिचान आफन्तलाई जानकारी गराएपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।

    पृष्ठभूमिमा फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा सैन्य कमाण्ड केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल स्थल र महत्वपूर्ण संरचनालाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरेका थिए ।

    ती आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित चार वरिष्ठ सैन्य तथा सुरक्षा अधिकारीको मृत्यु भएको दाबी गरिएको छ । राजधानी तेहरानसहित अन्य प्रमुख सहरहरूमा ठूला विस्फोट भएका थिए ।

    यसको प्रत्युत्तरमा इरानले इजरायलसहित बहराइन, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स र जोर्डनमा रहेका अमेरिकी सम्पत्ति तथा सहयोगीहरूलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ । यसले मध्यपूर्वमा द्वन्द्व थप फैलिएको र सर्वसाधारण तथा विदेशी नागरिकको सुरक्षामा जोखिम बढेको आंकलन गरिएको छ ।

    यसै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको मिसाइल क्षमता, आणविक महत्वाकांक्षा र आतंकवादलाई समर्थन अन्त्य गर्ने उद्देश्यले सैन्य कारबाही जारी रहने बताएका छन ्। एएनआई

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

    चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा

    क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल

    खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी

    इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

    इजरायलद्वारा तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑