• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

      कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम

      सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

      जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

      शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

      युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ :सदस्य मल्ल

      डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

      माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

      दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

      चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

      स्वास्थ्य बीमा बोर्डले भन्योः अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

      सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्दार गर्न सकेनः ज्ञानेन्द्र शाही

      धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

      बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह 

      मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति रोकियो

    होमपेज /  मुख्य समाचार

    अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ५, मंगलबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १६३ पटक पढिएको
  • दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।

    प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ ।

    राजनीतिक दृष्टिकोण

    झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा केहि राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो ।

    २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ । स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं । नेकपा (एमाले)ले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१ ÷ २०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’
    स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिदै, खण्डित हुँदै गइरहेको उल्लेख गर्दै प्रतिवद्धता पत्रमा नेकपा (एमाले) अनेक बाधा, अड्चनलाई चिर्दै अगाडि बढिरहेको भनिएको छ ।

    ‘२०७४ सालको आमनिर्वाचनपछि नेकपा (एमाले)ले सरकार गठन गन्यो र त्यसको नेतृत्व गर्ने अवसर केपी शर्मा ओलीले पाउनुभयो । कतिपय आन्तरिक कारण र वाह्य शक्तिको षड्यन्त्र र दबाबका कारण त्यो सरकार २०७८ सालमा विघटन भयो र नेकपा(एमाले) समेत खण्डित भई नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलै क्षति पुग्यो । नेपाली जनतामा एकहदको निराशासमेत पैदा भयो । त्यसबाट दक्षिणपन्थी शक्तिहरूले शिर उठाउने मौका पाए ।’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘२०७४ २०७८ करिब साढे तीन वर्षमा डेढ वर्ष जति कोभिड महामारीले जनजीवनलाई अस्तव्यस्त बनाइदियो । बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासको इतिहासमा फड्को मारेको जगजाहेर नै छ । २०७५ सालको निर्वाचनबाट कुनै पनि पार्टीको बहुमत नआएपछि सरकार भने अस्थिर बन्दै गयो । सत्ता टिकाउन दलहरुबिच अस्वस्थ गतिविधि हुन थाले । यस्तो बेलामा नेकपा ( एमाले) मुकदर्शक भएर बस्न हुँदैनथ्यो, त्यसकारण स्थिर सरकार दिनका लागि दुई ठुला दलहरूबिच सत्ता साझेदारी गरिएको थियो ।’

    स्टन्टबाजी र पपुलिस्ट चरित्र

    एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा राजनीतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि जनाइएको छ ।
    स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गर्दै चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको जनाइएको छ ।

    त्यसैगरी सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुराहरू प्रशारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल पनि भएको भन्दै कृत्रिम बुद्धिमत्ताको नियमनमा कानुनको अभावमा व्यापक दुरूपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको जनाइएको छ ।

    ‘सुखी नेपाली समृद्ध नेपाल’को कार्यक्रम

    नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम पनि रहेको स्पष्ट पारिएको छ । यो नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा (एमाले) जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी प्रति पनि प्रतिवद्धता जनाईएको छ ।
    प्रतिवद्धता पत्रका मुख्य क्षेत्र

    २०८२ साल फागुन २१ गते हुने निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नं. ५ को उम्मेद्वारको रूपमा अगाडि सारेको र उहाँलाई अमूल्य मत दिई विजय गराउन अनुरोध गर्दै निर्वाचनपछि निर्धारण गरिएका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाइएको छ ।

    प्रतिवद्धता पत्रमा भनिएको छ, ‘सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता र कार्यक्रम रहने छ ।’
    यस्तै भ्रष्ट्राचार नियन्त्रणको सवालमा उल्लेख गरिएको छ कि, ‘देशमा भएको भ्रष्ट्राचार र कुशासनको अन्त्य गर्नु अपरिहार्य भएको छ । भ्रष्ट्राचार नियन्त्रण नाराले मात्र सम्भव छैन । त्यसका लागि कार्यक्रमको आवश्यकता पर्छ ।’ विगतमा एमाले सरकारमा हुँदा भ्रष्ट्राचार नियन्त्रणको काम सुरु गरी केही उपलब्धिसमेत प्राप्त भएको उल्लेख गर्दै भ्रष्ट्राचार नियन्त्रणमा शुन्य सहनशीलता अपनाइने उल्लेख गरिएको छ ।

    राष्ट्र, राष्ट्रियताको सवालमा, नेपाल भूपरिवेष्ठित मुलुक भएको र यस्ता देशका समस्या विशेष खालका हुने उल्लेख गर्दै भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउनका लागि छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिहरूमार्फत बाट कूटनीतिक रूपमा कार्य अगाडि बढाइने जनाईएको छ । विगतका प्राप्त उपलब्धिलाई संरक्षण गर्ने पनि एमालेको प्रतिवद्धता छ ।

    पूर्वाधारलगायतका क्षेत्रमा प्रष्ट पार्दै एमालेले भौतिक पूर्वाधार क्षेत्रको विकासले आर्थिक विकासको ढोका खोल्ने कुरा सबैमा विदितै रहेको उल्लेख गर्दै यस क्षेत्रमा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पर्याप्त काम भएको जनाएको छ । तर कतिपय काम अधुरा रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्रभाव पार्ने काम गर्ने प्रतिबद्धता जनाईएको छ ।
    ४२ एजेण्डा र प्रतिवद्धता

    नेकपा एमाले क्षेत्र नं. ५ को ४२ प्रतिवद्धतामा आ.व. ०८२÷०८३ मा विनियोजित भई हाल रोकिएका र अधुरा रहेका सबै विकास निर्माणका कामहरू पूरा गर्न सशक्त पहलकदमी गरिने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी प्रमाण– पूजां उपलब्ध गराउने कार्यलाई तीव्रता दिइने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने किसिमका कार्यक्रम ल्याउने उल्लेख छ ।

    यसैगरि स्वास्थ्य बिमा सेवालाई थप वृद्धि गर्दै अझै व्यवस्थित गर्ने, स्तरोन्नति भइसकेका सबै ग्राभेल सडकहरूलाई क्रमशः कालोपत्रे गर्ने, अधुरो रहेका सबै सामुदायिक भवनहरूलाई क्रमिक रूपमा निर्माण कार्य सम्पन्न गर्ने, आवश्यक स्थानहरूमा अन्न, फलफूल भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने, प्रत्येक पालिकामा एकएक सुविधा सम्पन्न खेलमैदान निर्माण र क्रमशः वडा स्तरसम्म खेलमैदानलाई विस्तार गर्ने प्रतिवद्धता जनाइएको छ ।

    सबै सामुदायिक क्याम्पस र विद्यालयहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषिमा सिँचाईको सुविधालाई भूमिगत र सतही सिंचाईका माध्यमबाट व्यवस्थापन गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै बान्त्रिकीकरणतर्फ उन्मुख गराई बजारीकरण गर्न पहल गर्ने, यस क्षेत्रका जनताको कृषि कर्मलाई मध्यनजर गरी आवश्यकताअनुसार जैविक मल कारखाना स्थापना गर्न पहल गर्ने, समग्र कृषि क्षेत्रको विकास गरी खाद्यन्नमा आत्मनिर्भर बनाउने, सबै किसिमका अव्यवस्थित बजारहरूलाई व्यवस्थित गराउने उल्लेख छ ।

    यस्तै दमक र गौरादह बजारलाई आधुनिकीकरण गर्दै गौरीगञ्ज बजारमा थालनी गरिएको स्मार्ट सिटीको कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयन गराउने, यस क्षेत्रमा रहेका अन्य बजारहरूलाई पनि व्यवस्थित बजारको रूपमा विकास गर्दै जाने, रतुवा, मावा, कमल खोलाको तटबन्धन कार्य पूरा गरी किस्नी, वाइसी, गेरिया, भुत्लुङ, केखां खोला, रामचन्द्रे, घान्दुलगायतका खोलाहरूमा आवश्यक तटबन्धन गर्ने । दमक चिसापानी रवि सडक पुनः ठेक्का लगाई निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता जनाइएको छ ।

    यसैगरि दमक ३ को महेश चौकदेखि उर्लाबारी जोहने मावा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, दमक ३ स्थित बिजिनेस टावरलाई सञ्चालनमा ल्याउने र आसपासको जग्गा ल्यान्डपुलिङ गर्न पहल गर्ने, दमकमा रहेका विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार क्षेत्र र लानेको बाँधलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्ने, दमक ३ मा प्रस्ताव गरिएको मदन भण्डारी रङ्गशाला निर्माणमा पहल गर्ने विषयलाई पनि प्रतिवद्धता पत्रमा समेटिएको छ ।

    एमालेले कमल ५ स्थित आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रङ्गशालाको रूपमा निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने, दमक, कमल र गौरादह नगर अस्पताल साथै गौरीगञ्ज अस्पतालको स्तरवृद्धि गर्ने, पाडाजुँगी – गौरीगञ्ज – आल्टाबारी सडक चौडा गर्दै स्तरोन्नति गर्ने, हुलाकी मार्गअन्तर्गत माई नदी पुलको अधुरो काम पूरा गर्ने, विराट बुद्धपार्कको काम पूरा गर्न पहल गर्ने, खानेपानी आयोजनाका सबै अधुरा निर्माण कार्य सम्पन्न गर्ने, प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी प्रबन्धका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

    निर्माण सम्पन्न भएको दमक सभाहल सञ्चालनमा ल्याउने, कमल स्थित प्रादेशिक आयुर्वेदिक अस्पताललाई सुविधा सम्पन्न शिक्षण अस्पतालको रूपमा स्तरवृद्धि गर्ने, कमल स्थित साधु होलीलाई नमुना सिमसारको रूपमा र बाल्मीकि आश्रमलाई सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, स्तुवामाई वृक्षारोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा आम्दानीमूलक फलफूलका बिरुवा लगाई यो क्षेत्रलाई फलफूलमा आत्मनिर्भर बनाउने, गौरादह ६ तेलियाडाँगीबाट सिजुवा बजार जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, गौरादह ५ चप्रामारीदेखि मोरङको कुनामारी जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता एमालेको रहेको छ ।

    यसैगरि गौरादह ७ स्थित आदिवासी सङ्ग्रहालयको निर्माण कार्य पूरा गर्ने, गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रका विभिन्न पालिकाहरुमा सम्भाव्यता अध्ययन गरी नमुना खेती विस्तार गर्ने । गौरादहको नमुना खेती व्यवस्थित र आत्मनिर्भर बनाउन पहल गर्ने, गौरीगञ्ज स्थित छोटी भन्सारलाई स्तरवृद्धि गर्ने, गौरीगञ्जमा रहेको चौनी सिमसार, मोजोलोम सामुदायिक का र धोद्रामाटी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रमा भएका विभिन्न धर्म, जाति तथा सम्प्रदायसँग सम्बन्धित धार्मिक अनुष्ठान र प्रतिष्ठानहरूलाई संरक्षण तथा प्रबद्र्धन गरिने नेकपा (एमाले) क्षेत्र नं. ५ को चुनावी प्रतिवद्धता पत्रमा समेटिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्दार गर्न सकेनः ज्ञानेन्द्र शाही

    मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति रोकियो

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो

    बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ…

    सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण…

    जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी…

    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं…

    सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको…

    मेलम्चीको पानी आपूर्ति आजदेखि बन्द, उपत्यकामा पानीको आपूर्ति…

    पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑