• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

      नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

      खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

      प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल अधिकारी

      अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

      नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान

      झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

      नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

      गाडीबाट ओर्लिएर बाबुसरहका बृद्धालाई निर्धात कुटपिट गर्ने चालक समातिए

      मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

      दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

      ‘चुनावका बेला व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्छ’: अध्यक्ष तिमल्सिना

      मलाई अन्तिम इच्छा सोध्नेलाई चुनावमा जनताले जवाफ दिने छन्: रवि लामिछाने

      इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दे गृहमन्त्रीलाई ध्यानाकर्षण

      उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’

    होमपेज /  अन्य

    ‘चुनावका बेला व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्छ’: अध्यक्ष तिमल्सिना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ५, मंगलबार (१३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५१ पटक पढिएको
  • काठमाडौं । चुनाव नजिकिदै गर्दा पछिल्ला केही सातादेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ भने खानेतेल, चामल र गेडागुडीको मूल्य समेत वृद्धि भएको अवस्था छ ।

    सोही विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनासँग गरेको कुराकानीमा उनले यसलाई ‘नियोजित रूपमा सिर्जना गरिएको आपूर्ति शृंखला अव्यवस्थापन’को परिणाम भएको बताएका छन् ।

    व्यापारीहरुका अनुसार यतिबेला खुद्रा बजारमा चामल प्रतिबोरा १५० रुपैयाँसम्म र खानेतेल प्रतिकार्टुन ३०० रुपैयाँसम्म महँगिएको छ । यस्तै, नेपाल आयल निगमले समेत उपभोक्ताहरुलाई नियमित रुपमा ग्यास वितरण गर्न सकेको छैन् । आपूर्तिमा ठोस अवरोध नभए पनि अत्यावश्यक बस्तुको मूल्य वृद्धि र अभाव भइरहेको भन्दै उनले यसलाई संगठित रूपमा गरिएको क्रियाकलापको संज्ञा दिए ।

    ‘उत्पादन र आपूर्तिमा अवरोध नहुँदा पनि मूल्य बढ्नु भनेको बजारमा गलत मनोवृत्ति हावी हुनु हो,’ उनले भने । ग्यास आपूर्तिको सन्दर्भमा उनले नयाँ सिलिन्डर किन्दा सजिलै पाइने तर पूरानो सिलिन्डर साट्न कठिनाइ हुने अवस्था देखिनुले कृत्रिम अभावको संकेत गर्ने उनको भनाइ छ ।

    ‘निगमले ९० वटा बुलेटबाट ग्यास वितरण भइरहेको दाबी गर्छ, तर ११० वटा बुलेट बराबरको ग्यास कहाँ गयो भन्ने प्रश्न उठ्छ,’ उनले प्रश्न गरे ।
    ग्यासको अभाव बढ्दै गएपछि यतिबेला निगमले आफ्नो टेकु डिपोबाट ग्यास वितरण गर्दै आएको छ । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको निगमले टेकु डिपोबाट सीमित परिमाणमा सिलिन्डर वितरण गरेर समस्या समाधान नहुने बताए ।

    बरु ग्यास उद्योग र आधिकारिक डिलरमार्फत प्रभावकारी वितरण प्रणाली लागू गर्नुपर्ने उनको सुझाव छ । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जस्ता राज्यका निकायमार्फत वैकल्पिक वितरण प्रणाली सुदृढ गर्न सकिने उनले बताए ।

    तिमल्सिनाले बजारमा डिलरको संख्या, प्रमाणीकरणको अवस्था र कुल सिलिन्डर संख्याबारे वैज्ञानिक तथ्यांक अभाव हुनु पनि समस्या चर्किनुको कारण भएको बताए । ‘हामीसँग यकिन तथ्यांक छैन् । यही कारण बजारमा अभाव हुन्छ कि भन्ने त्रास सिर्जना हुन्छ,’ उनले भने ।

    उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायहरू उपभोक्ता संरक्षण ऐन २०७५ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार हुनुपर्ने उल्लेख गरे । संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्ने मौलिक अधिकार प्रत्याभूत गरेको स्मरण गराउँदै उनले सो अधिकार कार्यान्वयनमा सरकारी निकाय कमजोर देखिएको टिप्पणी गरे ।

    चुनाव नजिकिँदै गर्दा व्यापारी र राजनीतिक दलबीच आर्थिक लेनदेनको प्रभाव बजारमा पर्न सक्ने आशंका पनि उनले व्यक्त गरे । ‘राजनीतिक अस्थिरता र नीतिगत अन्योलले व्यवसायी र उपभोक्तामा दुविधा सिर्जना गरेको छ,’ उनले भने । तिमल्सिनाले आपूर्ति शृंखला सुदृढ गर्न पूर्वतयारी, प्रभावकारी अनुगमन र पारदर्शी वितरण प्रणाली आवश्यक रहेको बताएका छन् । अन्यथा, आयातमुखी अर्थतन्त्रमा निर्भर नेपालमा यस्ता समस्या आगामी दिनमा पनि दोहोरिन सक्ने उनको चेतावनी छ ।

    राज्यको कमजोर अनुगमन तथा नियमनको परिमाण
    तिमल्सिनाले यसलाई राज्यको कमजोर अनुगमन तथा नियमनको परिणाम भएको बताएका छन् । उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, कालोबजारी र सिन्डिकेटजस्ता गतिविधि नियन्त्रण गर्न स्थायी तथा शक्तिशाली संयन्त्र आवश्यक रहेको औँल्याए ।

    उनका अनुसार बजारमा मूल्य, गुणस्तर र नापतौलका विषयमा व्यापक अनियमितता देखिए पनि प्रभावकारी कारबाही नहुँदा उपभोक्ता निरन्तर मारमा परिरहेका छन् । ‘अनुगमन र नियमन प्रभावकारी भएन । स्पष्ट आपूर्ति नीति, बजार नीति र उपभोक्ता नीति नहुँदा समस्या दोहोरिँदै गएको छ,’उनले भने ।

    पेट्रोलियम क्षेत्रमा कानुनी शून्यता र असफल अभ्यास

    तिमल्सिनाले पेट्रोलियम क्षेत्रको उदाहरण दिँदै खर्बौं रकमको कारोबार गर्ने निगम सँग आजसम्म स्पष्ट पेट्रोलियम ऐन नहुनु गम्भीर कमजोरी भएको बताए । ‘नीति र कानुनबिना बजार व्यवस्थापन सम्भव हुँदैन,’उनले भने ।
    उनले विगतमा साढे सात केजी ग्यास सिलिन्डर, दोहोरो रङ, दोहोरो मूल्य, डिलर प्रमाणीकरणजस्ता निर्णयहरू पटक–पटक भए पनि कार्यान्वयन नभएको उल्लेख गरे । मन्त्री र सचिव फेरिएसँगै निर्णयहरू पनि अलपत्र पर्ने प्रवृत्तिले समस्या झनै जटिल बनेको उनको भनाइ छ ।

    चुनावको मुखमा राजनीतिक गतिविधि बढ्दा बजारमा खपत स्वाभाविक रूपमा बढ्ने भए पनि त्यसको बहानामा अत्यधिक मूल्यवृद्धि गर्नु अनुचित भएको उनले बताए । ‘अन्तर्राष्ट्रिय कारण, डलर दर, आपूर्ति समस्या जस्ता शब्द प्रयोग गरेर उपभोक्तामा भ्रम सिर्जना गरिन्छ,’ उनले भने ।

    उनका अनुसार मूल्य वृद्धि हुनुका राष्ट्रिय, अन्तर्राष्ट्रिय र आपूर्ति सम्बन्धी कारण हुन सक्छन् । तर वास्तविक मूल्य वृद्धि उचित छ कि छैन भन्ने विश्लेषण गर्ने सरकारी संयन्त्र छैन् । यही कमजोरीका कारण व्यवसायीको दाबी नै अन्तिम सत्यजस्तो बन्ने अवस्था आएको उनले बताए ।

    स्थायी प्राधिकरणको आवश्यकता

    तिमल्सिनाले हालको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई शक्तिशाली र स्वायत्त प्राधिकरणका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘मूल्य, गुणस्तर, नापतौल, आपूर्ति र उत्पादनसम्बन्धी विषय हेर्ने, अध्ययन–अनुसन्धान गर्ने र कानुन कार्यान्वयन गराउने अटोनोमस अथोरिटी आवश्यक छ,’ उनले भने ।

    उपभोक्ता संरक्षण ऐन २०७५ प्रभावकारी रूपमा लागू हुन नसकेको उल्लेख गर्दै उनले बजार तह निर्धारण, समर्थन मूल्य तोक्ने, किसानलाई लागतको उचित मूल्य दिलाउने तथा उपभोक्तालाई यथोचित मूल्यमा वस्तु उपलब्ध गराउने व्यवस्था अझै सुदृढ हुन नसकेको बताए ।

    उनका अनुसार अहिले बजारमा गुणस्तर घट्दै र मूल्य बढ्दै गएको छ । ‘हिजोभन्दा तौल घटेको छ, गुणस्तर खस्किएको छ, तर मूल्य बढिरहेको छ,’ उनले टिप्पणी गरे ।

    तिमल्सिनाले उपभोक्तालाई आवश्यकभन्दा बढी वस्तु सञ्चय नगर्न पनि आग्रह गरे । कृत्रिम अभाव सिर्जना हुन नदिन संयमता आवश्यक रहेको उनले बताए । कालोबजारी, सिन्डिकेट, कार्टेलिङ वा मिसावटको शंका लागेमा सम्बन्धित निकायमा उजुरी गर्न पनि उनले आह्वान गरे ।

    बजार अनियमिततासम्बन्धी उजुरीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल–फ्री नम्बर ११३७ प्रयोग गर्न सकिने जानकारी दिँदै उनले सचेत नागरिक सहभागिताले बजार स्वच्छ र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए ।

    राजनीतिक दलहरूले पनि उपभोक्ता हितविरुद्धका गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने उनले उल्लेख गरे । ‘राज्यको अनुभूति नागरिकले महसुस गर्नुपर्छ । कानुनको शासन लागू हुनुपर्छ । ३६५ दिन २४ घण्टा अनुगमन हुने स्थायी संयन्त्रबिना समस्या समाधान हुँदैन,’उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

    दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

    कैलाली–५ मा मतदाताको बदलिँदो मनोविज्ञान : पुराना दलप्रति आक्रोश, नयाँ विकल्पको खोजी

    राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

    आचारसंहिता विपरित समाचार प्रकाशित गरेको भन्दै सेतोपाटीलाई कारवाही गर्न आयोगको काउन्सिललाई पत्राचार

    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तामाकोसी बस दुर्घटना : थप एक जनाको शव…

    नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

    खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न…

    प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीता अपरिहार्यः प्रबल…

    खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न…

    अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र…

    गाडीबाट ओर्लिएर बाबुसरहका बृद्धालाई निर्धात कुटपिट गर्ने चालक…

    मलाई अन्तिम इच्छा सोध्नेलाई चुनावमा जनताले जवाफ दिने…

    आर्थिक

    नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

    सर्वसाधारणको लागी सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ विक्रि खुल्ला

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑