सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी विशेष कार्यक्रममा सहभागी भएकी छन् ।
काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा आकर्षक मार्च पास्ट प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेनाका हातहतियार तथा आधुनिक उपकरणहरूको प्रदर्शनी, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरू समेत प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको थियो, जसले समारोहलाई थप आकर्षक बनाएको थियो । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानका क्रममा विसं १८१९ मा नेपाली सेनाको गठन गरेको ऐतिहासिक अभिलेख छ ।
सो समयमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी स्थापना गरिएका थिए । नेपाल राज्यका पुराना संस्थामध्ये नेपाली सेना एक प्रमुख संस्था मानिन्छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा