सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक एससिटि–यूनियनपे कार्ड सेवामा आवद्ध भएको छ। यससँगै अब बैंकका ग्राहकहरूले आफ्नो नजिकको शाखामा गई एससिटि–यूनियनपे कार्ड प्राप्त गर्न सक्ने भएका छन्।
बैंकले उक्त आवद्धतापछि ग्राहकहरूले डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास व्यक्त गरेको छ।
एससिटि नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो, जसले दुई दशकदेखि देशभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्दै आएको बैंकले आगामी दिनमा सेवाको दायरा अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा