सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मघरको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट अस्वीकार गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विराटनगर महानगरपालिका–७, कोसी अस्पताल चोकस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि उक्त रकम विनियोजन गरिएको थियो।
सरकारले बजेट छुट्याएकोमा धन्यवाद दिँदै डा. कोइरालाले भने सरकारी बजेटबाट बीपीको जन्मघर मर्मत गर्न आफू इच्छुक नरहेको भन्दै रकम फिर्ता गर्ने निर्णय गरेका हुन्।
उनले बीपी कोइरालाको ऐतिहासिक जन्मघरको संरक्षण राज्यको दायित्व भए पनि त्यसका लागि छुट्याइएको बजेट आफूले स्वीकार नगर्ने धारणा राखेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा