सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
। दोलखाको तामाकोशी पुलबाट नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ७ बजेतिर बगरबासतर्फ गाडीमा आएकी एक महिला तामाकोशी नदीमा हाम फालेकी थिइन्। नदीमा हाम फालेकी महिला वैतेश्वर गाउँपालिका–४ की सितामाया दाहाल रहेको वडा अध्यक्ष कुमार चौलागाईंले जानकारी दिएका छन्।
नदीमा हाम फालेपछि खोजी गर्ने क्रममा उनको शव केही तल नदी किनारमा फेला परेको थियो।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको छ। प्रहरीले शवको मुचुल्का तयार पार्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि बुधबार साँझ करिब ६ः३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए।
उक्त घटनाको २४ घण्टा नबित्दै तामाकोशी पुलबाट महिलाले हाम फालेको घटना भएको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा