• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

      माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

      बीपीको जन्मघर मर्मतका लागि विनियोजित २ करोड रुपैयाँ शेखर कोइरालाद्वारा अस्वीकार

      जन्मसिद्ध नागरिकताबारे ट्रम्पका दुई नयाँ आदेश, बच्चा जन्माउन अमेरिका पुग्ने अभ्यासमा प्रतिबन्ध

      कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

      गृहमन्त्रीलाई मिरज ढुंगानाको कटाक्ष: ‘१०–१२ बोतल पानी बाँडेर मन्त्री खानेले अरूलाई राजनीति सिकाउन मिल्दैन’

      बाबुराम भट्टराई भन्छन् : पुरानै नेता र विचारमा रंगरोगन गरेर नयाँ पार्टी बन्दैन

      कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

      मुख्य राजमार्गमा पहिरो र बाढीको प्रभाव, केही सडक पूर्ण तथा केहीमा एकतर्फी सञ्चालन

      २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

      तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

      शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै

      प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेस हुने

      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

      करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

    होमपेज /  समाचार

    जन्मसिद्ध नागरिकताबारे ट्रम्पका दुई नयाँ आदेश, बच्चा जन्माउन अमेरिका पुग्ने अभ्यासमा प्रतिबन्ध

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २२, शुक्रबार (४१ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ४० मिनेट
  • २६ पटक पढिएको
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिने विदेशी नागरिकका सन्तानलाई स्वतः अमेरिकी नागरिकता प्राप्त हुने व्यवस्था सीमित गर्ने प्रयासलाई फेरि अघि बढाएका छन्।

    सर्वोच्च अदालतले केही साताअघि ट्रम्पको अघिल्लो प्रयास कार्यान्वयन गर्न रोक लगाएपछि उनले बिहीबार दुई नयाँ कार्यकारी आदेश जारी गरेका हुन्।

    पहिलो आदेशले अमेरिकामा जन्मिएको बच्चाले स्वतः जन्मसिद्ध नागरिकता पाउने अवस्थालाई सीमित गर्ने उद्देश्य राखेको छ। दुवै अभिभावक गैरअमेरिकी नागरिक भएको र उनीहरूमध्ये कम्तीमा एक जना विदेशी आतंकवादी समूहसँग सम्बन्धित, विदेशी सरकारका कर्मचारी वा संघीय कानुनअनुसार नागरिकता प्राप्त गर्न नपाउने व्यक्ति भए त्यस्तो बच्चाले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था आदेशमा उल्लेख गरिएको छ।

    त्यस्तै, अर्को आदेशले ‘बर्थ टुरिज्म’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती महिला अमेरिका गएर बच्चा जन्माउने अभ्यास रोक्ने व्यवस्था गरेको छ।

    ट्रम्पले ह्वाइट हाउसमा बोल्दै जन्मसिद्ध नागरिकताको लामो समयदेखिको व्यवस्थालाई परिवर्तन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले सर्वोच्च अदालतको अघिल्लो निर्णयलाई आलोचना गर्दै नयाँ आदेशमार्फत आफ्नो नीति अघि बढाउने बताएका छन्।

    ट्रम्प प्रशासनले लामो समयदेखि बर्थ टुरिज्मको विरोध गर्दै आएको छ। प्रशासनले विशेषगरी चीन र रुसलगायत देशका नागरिकले जन्मसिद्ध नागरिकताको फाइदा उठाउँदै अमेरिका प्रवेश गर्ने गरेको दाबी गर्दै आएको छ।

    तर गैरदलीय संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार अमेरिकामा बर्थ टुरिज्ममार्फत हरेक वर्ष करिब २२ हजारदेखि २६ हजार शिशु जन्मिने अनुमान छ। सरकारी तथ्यांकअनुसार सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा करिब ९ हजार ६ सय शिशु जन्मिएका थिए।

    यसअघि सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेको केही दिनमै ट्रम्पले अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उद्देश्यसहित कार्यकारी आदेश जारी गरेका थिए। उक्त आदेशविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले गत जुनमा त्यसको कार्यान्वयनमा रोक लगाएको थियो।

    नयाँ आदेश जारी गर्दै ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई ‘खराब र अन्यायपूर्ण’ भन्दै आफूले अर्को कानुनी बाटोबाट जन्मसिद्ध नागरिकताको व्यवस्था सीमित गर्ने प्रयास गरिरहेको बताएका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

    बीपीको जन्मघर मर्मतका लागि विनियोजित २ करोड रुपैयाँ शेखर कोइरालाद्वारा अस्वीकार

    मुख्य राजमार्गमा पहिरो र बाढीको प्रभाव, केही सडक पूर्ण तथा केहीमा एकतर्फी सञ्चालन

    तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा…

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १…

    बीपीको जन्मघर मर्मतका लागि विनियोजित २ करोड रुपैयाँ…

    जन्मसिद्ध नागरिकताबारे ट्रम्पका दुई नयाँ आदेश, बच्चा जन्माउन…

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑