सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । थाइल्यान्डको राजधानी बैंककनजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा गोली चलाएको आशंका गरिएका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय विद्यार्थीसमेत मृत फेला परेका छन्।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार ती विद्यार्थी एउटा कक्षाबाट अर्को कक्षामा जाँदै शिक्षकलाई गोली हानेका थिए। गोली चलेपछि विद्यालयमा त्रास फैलिएको थियो भने विद्यार्थी तथा विद्यालयका कर्मचारीहरू ज्यान जोगाउन भागेका थिए।
घटनापछि विद्यालय परिसरमा उद्धारकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
सुरक्षाका कारण सर्वसाधारणलाई नोनथाबुरीस्थित देब्सिरिन विद्यालय आसपासको क्षेत्रमा नजान आग्रह गरिएको छ।
देब्सिरिन विद्यालयका शाखाहरू थाइल्यान्डका विभिन्न स्थानमा रहेका छन्। उक्त विद्यालय शैक्षिक प्रतिष्ठाका लागि परिचित मानिन्छ।
घटनाको विस्तृत कारण तथा गोली चलाउनुको उद्देश्यबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा