• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

      नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल

      घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

      लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

      सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको निर्देशन

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

      निर्मल पुर्जाको निधनले मर्माहत बने पाकिस्तानका पूर्वक्रिकेटर शाहिद अफ्रिदी

      माग पूरा नभए भदौदेखि देशव्यापी आन्दोलनको आँधी ल्याउने शिक्षकहरुको चेतावनी

      कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

    होमपेज /  कर्णाली

    जेनजी आन्दोलनपछि अन्योलमा कर्णाली सरकार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन २७, सोमबार (९ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५२५ पटक पढिएको
  • सुर्खेत । भदौ २३ र २४ गते देशैभर चर्केको जेनजी आन्दोलनका कारण कर्णाली प्रदेश सरकार अन्योलमा परेको छ ।

    जेनजी आन्दोलनको बलबाट तत्कालिन सरकार विघटन भई नयाँ अन्तरिम सरकार बनेपछि संघीय सरकार र प्रदेश सरकारबीच समन्वयको पनि अभाव देखिएको छ । आन्दोलनपछि आवश्यक निर्देशन र निर्णय अभावमा सरकारी कामकाजहरु लयमा फर्कन सकिरहेका छैनन् ।

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले आन्दोलनका क्रममा आगजनी भएका भौतिक संरचना र कार्यालयको अनुगमन गरे पनि अन्य कुनै निर्णय लिन सकिरहेको छैन ।

    जेनजी आन्दोलन भएको एक महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन् । आन्दोलनमा प्रदेश सभामा आगजनी गरिएपछि प्रदेश सभा भवन ध्वस्त भएको छ । बजेट अधिवेशन सकिएको प्रदेश सभाको बैठक सम्बन्धी छलफल नै अगाडि बढ्न सकेको छैन ।

    दशैमा घर गएका प्रदेश सभा सदस्यहरु पनि फर्किएका छैनन् । कतिपय मन्त्रीहरु पनि सुर्खेत बाहिर रहेको अवस्थामा प्रदेश सरकार मातहतका कार्यालयका प्रमूख र कर्मचारी पनि उपस्थित नहुँदा बिकासका कामहरु प्रभावित भई रहेका छन् । कतिपय कार्यालयहरु मर्मत गरेर सेवा सञ्चालन गरिए पनि आवश्यक सेवा प्रवाह हुन सकिरहेको छैन ।
    आन्दोलन भएको केही दिनपछि मुख्यमन्त्री यामलाल कँडेलले क्षतिग्रस्त संरचनाको अनुभव गर्दै क्षतिभएका संरचनाको पुर्ननिर्माणका लागि छुट्टै योजना अगाडि बढाइने बताएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन ।

    सरकारका मन्त्रीहरुले भने सरकारले गर्नु पर्ने काम गरिरहेको बताएका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले सरकारले आफ्नो लयमा आवश्यक कामकाज गरिरहेको बताए ।

    ‘औपचारिक रुपमा मन्त्रिपरिषद् बैठक नबसे पनि सरकार आफ्नो लयमा काम गरिरहेको छ’ उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरु, मन्त्रीहरु र सचिवहरुबीच बजेट तथा योजना कार्यान्वयनका लागि सरकार कसरी अगाडि बढ्ने भन्ने बिषयमा निरन्तर छलफल हुने गरेको छ ।’

    भदौ ४ गते यता कर्णाली प्रदेश सरकारको मन्त्री परिषद् बैठक बसेको छैन । आन्दोलनमा भएको क्षतीको विवरण संकलन भइसकेपछि अब त्यसको पुर्नर्निमाण र सरकारको योजना कार्यान्वयनका लागि कसरी अगाडि भन्ने बिषयमा मन्त्री परिषद् बैठक बस्ने तयारी भइरहेको सरकारका प्रवक्ता समेत रहेका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले बताए ।

    शनिबार कर्णाली सरकारका मुख्यमन्त्री कँडेलले प्रमुख सचिवसहित मन्त्रालयका सचिवहरुसंग बैठक गरी आगामी दिनमा जेनजीको भावनाको सम्मान गर्दै अगाडि बढ्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

    विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

    कर्णालीमा एसईई परीक्षाको नतिजा बर्सेनी खस्किँदो

    कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

    लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑