सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उद्योग तथा वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दाहालले १० हजार शैक्षिक परामर्श संस्था मध्य झन्डै नौं हजार संस्थाहरु दर्ता बिना सन्चालनमा रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित वाणिज्य विभागको अनुगमन : शैक्षिक परामर्श क्षेत्रमा सुधारका चुनौति र अवसरहरु अन्तरक्रिया कार्यक्रममा उनले झन्डै नौं हजार संस्थाहरु अनुमति विना नै सन्चालित भएको भन्दै बजार यसरी नै सन्चालन हुँदै जाने हो भने उपभोक्ता बाटोमा आउनसक्ने बताए ।
उनले भने, ‘यदी बजार यसरी नै सन्चालन हुँदै जाने हो भने उपभोक्ता सही बाटोमा आउन सक्ने सम्भावना हुन्छ । अहिले त विभाग मात्र अगाडि निस्केको छ । उपभोक्ता यस विषयमा धेरै आक्रोसित छन् । अहिले १० हजार शैक्षिक परामर्श संस्था मध्ये झन्डै नौं हजार संस्थाहरु देशभित्र दर्ता बिना र अनुमति विना नै सन्चालित भएका छन् ।’
अनुमति लिएका र लिने प्रक्रियामा रहेका साथै अनुमति पनि नलिएका संस्थाहरु रहेको उनले उल्लेख गरे । यस्तै उनले शैक्षिक परामर्श संस्थाहरुलाई शाखा खोल्ने अधिकार कुनै कानुनले पनि नदिएको बताए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा