सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा गरिएको संशोधन सिफारिसप्रति कडा असन्तुष्टि जनाउँदै यदि राज्यपक्षले विगतका सहमति र आन्दोलनको मर्मको सम्मान नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले विगतका सहमति र शिक्षक आन्दोलनको भावनालाई बेवास्ता गरेको आरोप लगाएको हो।
“आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा पनि पश्चगमनतर्फ उन्मुख छ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
महासंघले अस्थायी प्रकृतिका शिक्षक—जसमा राहत, अस्थायी, करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकहरू पर्छन्—का लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत विगतको सहमतिअनुसार नराखिएको भन्दै आपत्ति जनाएको छ। विज्ञप्तिमा सिकाइ अनुदान र करार शिक्षकलाई छुटाइएको उल्लेख छ।
त्यस्तै, स्थायी शिक्षकहरूको आवधिक बढुवाका लागि प्रस्तावित अवधि पनि सहमतिअनुसार नरहेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ। प्रस्तावित अवधिमै विभिन्न सर्तहरू राखेर शिक्षकहरूको बढुवा रोक्ने नियत देखिएको महासंघको आरोप छ।
महासंघले राज्यपक्षसँग विगतका सहमति कार्यान्वयन गर्न आग्रह गर्दै, अन्यथा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा