• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ७, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

      एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद

      विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

      देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : नेता कोइराला

      राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन् : लिङ्देन

      कामना सेवा विकास बैंकद्वारा चितवनको विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

      रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

      डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

      गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

      जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य’

      अवैधानिक गतिविधिलाई प्रोत्साहन सरकारले नै गरिरहेको छ : अध्यक्ष खनाल

      उच्च अङ्कले बढेर २६ सय ७७ विन्दुमा बजार

      अभिनेत्री कविता नेपालीद्वारा सगरमाथा र ल्होत्से सफल आरोहण

      ‘सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गरियो’

      विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति

    होमपेज / समाचार

    कोटिहोममा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने, यस्तो छ नयाँ कार्य तालिका

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ७, मंगलबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६५ पटक पढिएको
  • पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने भएको छ ।

    कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्ती, प्रमुख आचार्य, गुरुहरू धार्मिक तथा सामाजिक अभियानमा सक्रिय अभियन्ता, विभिन्न धार्मिक सङ्घ संस्थाका अध्यक्ष तथा पदाधिकारी गुरुकुलका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ ।

    कोटिहोममा विभिन्न धार्मिक कार्यक्रमका गतिविधिमा मात्र सीमित नभई धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका तथा फरक क्षमता भएका व्यक्तिलाई पनि सम्मान गरिने उदाहरण प्रस्तुत गर्न यो सम्मान कार्यक्रम राखिएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । यसअघि पनि कोटिहोममा सहयोग गर्ने सयौँ सञ्चारकर्मीलाई सम्मान गरिएको छ भने सम्मान कार्यक्रम जारी रहेको छ ।

    कोटिहोममा जेठ ९ गते शुक्रवार कास्की जिल्ला सहित गण्डकी प्रदेशभरिका शारीरिक अशक्तता–अपाङ्गता)भएका व्यक्तिहरूलाई समाजले फरक दृष्टिकोणले हेर्ने प्रवृत्तिलाई अन्त्य गर्न तथा उनीहरूलाई सम्मानपूर्वक सामाजिक पहिचान दिलाउने उद्देश्यले सम्मान गरिने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    शुक्रवार एकादशीका दिन आयोजित कोटिहोम ज्ञान महायज्ञमा प्रमुख आचार्यगण तथा गुरुजनहरूलाई विशेष सम्मान तथा रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाएका व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रम तय भएको छ ।

    आउँदो शुक्रवार एकादशीको पावन अवसरमा गुरु महाराज, आचार्य गुरुजन, आयोजक समिति, फाउन्डेसन परिवारका सदस्यहरू तथा हजारौँ श्रद्धालु भक्तजनहरूले तण्डुलाचलमा चामल दान तथा अन्य विविध अन्न दानका कार्यक्रम आयोजना गरिने भएको यो पुण्य कार्यमा सम्पूर्ण भक्तजनलाई सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ ।

    त्यसै गरी जेठ १० गते देशभरिका विभिन्न प्रतिभाशाली चित्रकारहरूले कार्यक्रममा सहभागी भई आफ्नो कला तथा सिर्जनात्मक प्रतिभा मार्फत यस क्षेत्रको महिमा झल्किने विशेष चित्र प्रस्तुत गर्ने भएका छन् ।

    शनिवार नै गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा धार्मिक तथा सामाजिक अभियानमा सक्रिय रहेका अभियन्ताहरूलाई र गण्डकी प्रदेशका सम्पूर्ण धार्मिक सङ्घ संस्थाका अध्यक्षहरूलाई विशेष सम्मान सहित अन्य पदाधिकारीहरू तथा गुरुकुलका पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरिने महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए ।

    जेठ १० गते शनिवार निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिने भएकाले सम्पूर्ण भक्तजनले आवश्यक स्वास्थ्य जाँच तथा उपचार सेवाको लाभ लिन सक्ने व्यवस्था मिलाइएको छ । उल्लेखित कार्यक्रमहरूप्रति जानकारी राख्ने र सम्बन्धित व्यक्तित्वहरूसँग परिचित हुनेहरूले समन्वय गरी कोटिहोममा उनीहरूलाई सहभागिता गराई सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । मानव सेवा फाउन्डेसनले सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो ।

    कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार धार्मिक क्षेत्रमा राम्रो प्रतिभा भएको कोही पनि नव उदीयमान व्यक्तित्व कोटिहोममा राम्रो स्थान दिइनेछ । ती प्रतिभाले त्यस बापत केही दिनुपर्दैन बरु हामी उच्च मूल्याङ्कन गरेर सहयोग गरिने उनले जानकारी दिए ।

    कोटिहोममा अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते, जेठ १४ देखि २२ गतेसम्म श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    कोटिहोममा चार सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । एकसय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणमा (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठपारायण, भूमिदोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

    त्यसैगरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जातजाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुनेछ । उनीहरूले कोटिहोम विशेषगरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा.तुलसी प्रभास खनालले जानकारी दिए ।

    कोटिहोममा लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ को प्रस्तुति रहने छ । जेठ २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गरेका छन् भने राष्ट्रिय भजन प्रतियोगिता र खुल्ला रक्तदान कार्यक्रम जारी रहेको छ ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन् ।

    कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान शिवको आशीर्वाद प्राप्त गर्ने महत्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद

    धनियाँमा ९९% भन्दा बढी विषादी भेटियो

    क्यानडामा जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी अन्तिम चरणमा

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ

    आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

    आज २०८२ जेठ ६ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

    गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

    कोटिहोममा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने, यस्तो छ नयाँ कार्य तालिका

    तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

    एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद

    देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : नेता कोइराला

    राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन् : लिङ्देन

    तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

    जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य’

    पोखरामा भूकम्पको धक्का

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान

    विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

    गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

    कोटिहोममा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने, यस्तो छ नयाँ कार्य तालिका

    आज २०८२ वैशाख ३० गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    दुईवटा समितिको बैठक बस्दै

    संसदका दुवै सदनको बैठक बस्दै

    तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

    सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

    आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध

    स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा चितवनको विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

    उच्च अङ्कले बढेर २६ सय ७७ विन्दुमा बजार

    विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति

    एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाईमा सञ्चालन

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑