सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत चितवनको श्री राष्ट्रिय आधारभूत विद्यालय, ज्योतिनगरका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ।
बैंकको नारायणगढ क्षेत्रका प्रतिनिधि प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा प्रधानाध्यापक न्यौपानेले बैंकले देखाएको सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले विद्यार्थीहरूको आत्मबल अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहकार्य निकै प्रेरणादायक भएको बताए।
बैंकका प्रतिनिधि बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा यस्ता सामाजिक कार्यमार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाउनुमा खुशी व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
पोशाक वितरण कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कामना सेवा विकास बैंकले भविष्यमा पनि विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै शिक्षा, साक्षरता र सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा