सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन यति ठूलो गिरावट आउनु पछिल्ला केही सातायताकै उल्लेखनीय मूल्य समायोजनमध्ये एक मानिएको छ।
यसअघि जेठ २७ गते पनि सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा झरेको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर प्रभावित हुँदै आएको छ।
व्यवसायीहरूका अनुसार अमेरिकी डलरको विनिमय दर, अन्तर्राष्ट्रिय आर्थिक अवस्था, केन्द्रीय बैंकहरूको मौद्रिक नीति तथा विश्वव्यापी राजनीतिक घटनाक्रमले सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। यही कारण पछिल्ला दिनहरूमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको हो।
यता चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम रहेको थियो।
सुनचाँदीको मूल्य घटेसँगै बजारमा खरिदकर्ताको चासो बढ्न सक्ने अनुमान गरिएको छ। विशेषगरी विवाह, ब्रतबन्ध तथा अन्य सामाजिक समारोहका लागि सुन खरिद गर्ने उपभोक्ताले मूल्य घट्नुबाट राहत महसुस गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा