सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यसूची रहेको छ ।
सरकारले विनियोजन विधेयक र प्राथमिकतामाथि छलफलका क्रममा प्राप्त सुझाव, विचारलाई आधारका रूपमा लिई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ ।
यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा