सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारत–पाकिस्तानबीचको संघर्षविरामपछि आईपीएल मे १७ देखि पुनः सुरु हुँदैछ । भारत र पाकिस्तानबीच शनिबार भएको संघर्षविरामपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ देखि पुनः सुरु हुने भएको हो ।
यद्यपि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योलमा रहेको छ । यसैबीच, अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत फर्कनु वा नफर्कनु भन्ने निर्णय खेलाडीहरूको व्यक्तिगत हुनेछ र हामी त्यसको सम्मान गर्छौं ।’
विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि, ‘जो खेलाडी आईपीएलको बाँकी खेल खेल्ने निर्णय गर्छन्, तिनीहरूको लागि विश्व टेस्ट च्याम्पियनसिप फाइनलको तयारी गर्न टोली व्यवस्थापनले आवश्यक व्यवस्था मिलाउनेछ ।’
मे ८ मा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि मे ९ मा आईपीएल एक हप्ता स्थगित गरिएको थियो । पुनः जारी गरिएको तालिकाअनुसार आईपीएलको फाइनल जुन ३ मा हुनेछ ।
यसपछि केवल एक हप्ता अर्थात् जुन ११ मा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लड्र्समा सुरु हुनेछ ।
हेजलवुड र मिचेल स्टार्कसँगै अष्ट्रेलियाका अन्य चार सम्भावित खेलाडीहरू (कप्तान प्याट कमिन्स, ट्राविस हेड, जोश इंग्लिस र मिच स्टार्क) आईपीएलमा सहभागी भइरहेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा