• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नयाँदिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

      पाँचखालको जंगलमा सशस्त्र प्रहरी असई र युवती मृत फेला

      जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

      जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

      महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

      नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मोदीको प्रतिबद्धता

      नील हिरा समाज द्वारा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ टोली सम्मानित 

      नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मोदीको प्रतिबद्धता

      आकस्मिक बैठकको सूचना र अनुपस्थितिबारे स्पष्ट कार्यविधि आवश्यक :सभापति बास्कोटा

      भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

      पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गर्दा राम्रो नतिजा आउँदैन : विष्णु पौडेल

      सुनको मूल्य स्थिर, चाँदी घट्यो

      ‘मालती मंगले’ को प्रदर्शनका लागि रामकृष्ण ढकाल अमेरिका प्रस्थान

      दैलेखमा बाबुको हँसिया प्रहारबाट छोराको मृत्यु, पारिवारिक विवादले लियो दुःखद मोड

      विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

    होमपेज /  मुख्य समाचार

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ मंसिर २५, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ८२७ पटक पढिएको
  • काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन गरेको कलेजको संरचना २०७२ सालमा आएको भूकम्पले तहसनहस बनाएको थियो । पुरातात्त्विक र मौलिक सम्पदाका रुपमा परिचित कलेज ढिलागरी पुनर्निर्माणको चरणमा छ । यतिबेला त्रिचन्द्रका क्षतिग्रस्त भवनहरुको प्रवलीकरण भइरहेको छ ।

    ०७२ सालमा आएको भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पस अबको आठदेखि १० महिनासम्म पुनर्निर्माणको काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । १९७५ भदौ १२ मा स्थापना भएको उक्त कलेज भूकम्पले क्षतिग्रस्त भएको थियो ।

    २०७८ सालमा ३६ करोड ४० लाख ३८ हजार २ सय ८६ रुपैयाँ बजेटमा पुनर्निर्माणको जिम्मा लिएको न्यू टेक्निकल इन्फा प्राइभेट लिमिटेडले अबको आठदेखि नौं महिनाभित्र भवन पुनर्निर्माण सम्पन्न हुने गरि काम गरिरहेको इन्जिनियर शुसिल थापाले बताए । अहिले क्याम्पसको पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको उनले बताए ।

    उनले भने, ‘पुनर्निर्माणको समयसीमा पुस २ गते सकिँदैछ । तर अबको आठदेखि १० महिनाभित्र क्याम्पसको भवन निमार्णको कार्य सकिनेछ । नयाँ कार्यहरु गर्दै जाँदा फाउण्डेसनदेखि लिएर रिभाइज गर्दै जानुपर्ने हुन्छ । घण्टाघर र त्रिचन्द्र क्याम्पस आफैंमा एउटा सेपरेट हुनुपर्ने भनेर डिजाइन भएको थियो । पहिलाकै डिजाइनमा काम गर्दै जाँदा बिल्डिङको पुरानो संचरनालाई पुनः डिजाइन गर्नुपर्यो ।’

    साथै उनले ग्राउण्ड फ्लोर भन्दा माथिको हकमा अहिले घण्टाघरलाई रेड्रोफिट गर्नको लागि एक हप्ता अगाडि मात्र रि–डिजाइनले मान्यता पाएको बताए । साथै इन्जिनियर थापाले पुरानै डिजाइनमा कलेज पुनर्निर्माण भइरहेको बताए ।

    पछिल्लो समय भवनमा पूरै काम थपिएको छ । समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरुको पढाइमा असर परिरहेको थापाको भनाइ छ । उनले कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत असर परिरहेको बताए ।

    उनले भने, ‘पछिल्लो समय भवनमा हवासको पूरै काम थपिएको छ । समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरुको पढाइमा असर परिरहेको छ । कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत हम्मेहम्मे परिरहेको अवस्था छ । तर निर्माणको काम गर्दै जाँदा विभिन्न कारणले डिजाइनहरु रिभाइज हुन्छन् । पुनर्निर्माण गर्दा नयाँ बिल्डिङ बनाएजस्तो सजिलो हुँदैन । हरेक कुराहरु स्टेबबाइ स्टेब गर्नुंपर्छ । नयाँ कुराको फड्को मार्दै जानुपर्छ । त्यस कारणले लगभग ७० प्रतिशत मात्र काम गर्न सफल भएका छौं ।’

    उनले फलामको कामहरुमा बढी समय लागेको बताए । उनले बिचमा धेरै बाधाहरु आएकाले पनि काम समयमै गर्न नसकिएको बताए । साथै कलेज जस्तो संवेदनशिल विषयमा कुनै निकाय र संस्थाले ढिलो गर्छु भनेर गर्ने काम यो नभएको बताए । उनले जति पनि रेट्रोफिट भएका बिल्डिङहरु समयमै निर्माण अहिलेको अवस्थामा गाहे भएको बताए ।

    साथै पुनर्निर्माणका क्रममा क्याम्पसमा कुनैपनि डिजाइन परिवर्तन नहुने बताए । उनले पूरानै डिजाइनमा क्याम्पसको पुनर्निर्माणको काम सम्पन्न गरिने बताए ।

    यसैगरी नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता गोविन्द कोइरालाले भवन पुनर्निर्माणका लागि आफूहरुले धेरै दबाब दिएर मात्र पुनर्निर्माणको काम सफल चरणमा पुगेको बताए ।

    उनले क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान नै चलाएएर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

    उनले भने, ‘कलेजको पुननिर्माण एउटा ऐतिहासिक काम पनि हो र अति आवश्यक कुरा पनि हो । २०७२ सालको भूकम्पपछि यहाँ रेड स्टीकट लगाइएको थियो तर पनि पढाइ भने चलि नै रहेको थियो । त्यस्तो भवनमा भित्ताबाट पानी चुइने, इट्टाहरु खस्ने र विद्यार्थीहरु घाइते हुने खालको समस्या थियो । त्यस्तो ठाँउमा पनि बस्नुपर्ने अवस्था किन आयो भने हामीसँग अर्को भवन थिएन र धेरै विद्यार्थी भएको कलेज पनि भएको हुनाले हो । धेरै प्रयास गर्दापनि ०७८ सालसम्म आउँदापनि सरकारको ध्यान दिएन । सरकारको ध्यान भ्यू टावर बनाउने, ठूला ठूला भवन बनाउने तर शैक्षिक संस्थाहरुमा ध्यान नगएको कारणले गर्दा २०७८ सालमा हामी आफैंले नेतृत्व गरेर नेपाल विद्यार्थी संघको तर्फबाट दबाब सिर्जना गरेका हौं ।’

    साथै उनले पहिला क्याम्पसको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुन निर्माण प्राविधरणले लिएको बताए । जिम्मा लिएपनि क्याम्पसको पुनर्निर्माणमा सरकारको ध्यान नगएकै कारण यो संस्था खारेज हुन पुगेको बताए ।

    यसैगरी उनले यसरी सरकार र शिक्षा मन्त्रीको ध्यान नजाँदा आफूहरुले २०७८ सालको चैत्रबाट कडाइका साथ अभियान चलाएका थियौं ।

    उनले निरन्तरको प्रयास र पाँच महिना निरन्तर विद्यार्थीहरुको आन्दोलनले नै कलेज पुनर्निर्माण हुन सक्षम भएको बताए ।

    उनले भने,‘ पहिला क्याम्पसको जिम्मा प्राधिकरणले लिएको थियो । हामीले प्राधिकरणलाई धेरै पटक चिठी लेख्ने विज्ञप्तिमार्फत दबाब बढाउने काम गरेका थियौं । पछि त्यो संस्था खारेज भयो । त्यसपछि शिक्षा मन्त्रालय अन्तरर्गत गयो । तर शिक्षा मन्त्रीलाई भेटेर धेरै प्रयासहरु गर्यौं तर सफल हुन सकेनौं । त्यसपछि सरकारको नै ध्यान खिच्नको लागि ०७८ सालको चैत्रबाट यो कामलाई अलि कडाका साथ लाने प्रयास गरेका थियौं । पाँच महिना निरन्तर आन्दोलनहरु गर्यौं । यति गर्दा पनि सरकारले विद्यार्थीहरुको आवाजलाई कमजोर सोचेको थियो । तर अन्त्यमा निरन्तरको आन्दोलन र दबाबले गर्दा ०७९ सालको भाद्रमा कलेजको ठेक्काको लागि आह्वान भयो । सरकार पनि बाध्य भएर बजेट दियो र ०७९ सालको मंसिरबाट काम सुरु भएर अहिलेको अवस्थासम्म पुगेको छ । यसको ठेक्क ५४ करोडको सिलिङ्मा सुरु भएको थियो ।’

    उनले पुनर्निर्माणको लागि तोकिएको समय दुई वर्षको भएपनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न नहुँदा विद्यार्थीहरुलाई अप्ठयारो परिहेको बताए । उनले विद्यार्थीहरुको संख्या धेरै भएकाले बिहान, दिउँसो र बेलुका गरेर नयाँ भवनले थाम्न नसक्ने अवस्था रहेको बताए ।

    उनले भने, ‘यसको पुनर्निर्माणको लागि सुरुमा तोकिएको समय दुई वर्ष हो । जुन समय लगभग सकिने अवस्थामा छ । काम भएकै छ तर यो कलेजको विद्यार्थीहरुको संख्या र हाम्रो अप्ठयाराहरु अझै छ । भवन छिटो बनोस भन्ने हो । अबको ६ महिनामा निर्माण पूर्ण हुनेजस्तो छ ।

    निर्माण ढिलाइ हुँदा विद्यार्थीहरुको संख्या धेरै छ । हामीले बिहान, दिउसो र बेलुकी गरेर पनि थाम्नसक्ने अवस्था छैन् । दबाब नदिएको भए अहिले भइरहेको पढाइ हुन पनि गा¥हो नै हुन्थ्यो । तर क्याम्पस प्रशासन पनि दबाबले गर्दा चलिरहेको छ । तर विद्यार्थीहरुलाई यस्तो अवस्थामा पढ्न समस्या नै भइरहेको छ ।’

    साथै नेता कोइरालाले भवन हाम्रो इतिहास भएकाले पूरानै शैलिमा निर्माण भइरहेको बताए । उनले नयाँ भवनमा इतिहास मेटिनु राम्रो कुरा नभएको बताए ।

    उनले भने, ‘यो भवन भत्किएपछि कि यतिकै छोड्न हो, होइन भने पूरानै तरिकाले बनाउनुपर्छ । पुरानै तत्वहरुले बन्नुपर्यो, नयाँ सामग्रीहरु प्रयोग गर्न पाईंदैन् । भवन छिटो बन्नुपर्यो, दोस्रो कुरा पुरानै तरिकाले बन्नुपर्यो । इतिहास मेटिनु भएन् । थप बजेट चाहिन्छ भने सरकारले त्यसमा काम गर्नुपर्छ । क्याम्पस प्रशासन कक्षाहरु मिलाउनमा नै व्यस्त छ, उहाँहरुले यसमा ध्यान दिन सकेको जस्तो छैन् । यस्तो बेला विद्यार्थी संगठनहरुले त्यस्तो विषयलाई हेर्ने हो । तर अहिले विद्यार्थी युनियनहरुको चुनाव गर्न नपाएको हुनाले पनि समस्या आएको छ । हामी अभियन्ता भएको हुनाले यस विषयमा निरन्तर रुपमा निगरानी गरि रहेकाछौँ । ’

    १२ भदौ १९७५ मा स्थापना भएकोे त्रिचन्द्र क्याम्पस जसको पूरानो नाम त्रिभुवन–चन्द्र कलेज हो । त्रिभुवन–चन्द्र कलेज नाम जुराएर १२ भदौ १९७५ मा कलेज स्थापना भएको थियो ।

    २७ असोज १९७६ मा राजा त्रिभुवनले उदघाटन गरिएको क्याम्पस १९८१ मा आइपुग्दा नयाँ नाम त्रिचन्द्र बहुमुखी क्याम्पस हुन पुगेको जानकारहरु बताउँछन् ।

    क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण चाँडो हुनुपरेपनि बजेट ढिला आउँदा काम सुस्त भएको विद्यार्थीहरुको भनाइ छ । विडम्बना, त्रिचन्द्र सधैँ उपेक्षित भयो ।

    एक शताब्दी इतिहास बोकेको नेपालमा उच्च शिक्षाको पहिलो प्रतिष्ठानका रुपमा रहेको क्याम्पसबाट प्रधानमन्त्री, मन्त्री, शासक प्रशासक साथै लब्धप्रतिष्ठित व्यक्तिहरु उत्पादन भइसकेका छन् ।

    बरिष्ठ चिकित्सक डा.मधु घिमिरेको अघुवाइमा त्रिचन्द्रलाई पनि ‘एकाडेमिक भिलेज’का रूपमा विकास गर्ने अभियान सुरु गरिएपनि पूरा हुन सकेको छैन् । भवनको मौलिकता र पुरातात्विक सौन्दर्यता साथै भव्यतालाई जोगाउँदै नयाँ संरचना निर्माण गर्दै शैक्षिक हबका रूपमा विकास गर्ने पूर्व विद्यार्थीको अभियान सुस्ताएको छ ।

    त्रिचन्द्रको आरम्भलाई नेपाली समाजमा आधुनिक चेतनाको उदघोष विन्दु मानिन्छ । क्याम्पसमा हाल १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

    एक शताब्दीअघि भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर उच्च शिक्षाको सुरुवात गरिएको क्याम्पस १९७६ मा तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर गरिएको थियो । करिब १४ महिना लगाएर ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री प्रयोग गरी क्याम्पसको निर्माण गरिएको भनाइ छ ।

    भुतपूर्व विद्यार्थीहरुको अगुवाइमा त्रिचन्द्र बचाउने अभियानको थालनी भएको थियो । डा.मृगेन्द्रराज पाण्डे, डा.मधु घिमिरे, केदारभक्त माथेमा, प्राडा आमोदमणि दिक्षित, सुरेशराज चालिसे, प्रकाशचन्द्र लोहनी, बसन्त लोहनी, दमननाथ ढुंगाना, ज्ञानेन्द्रराज तुलाधर, किशोर नेपाल, किशोर थापालगायतले मास्टरप्लान बनाएर इतिहास जगेर्ना गर्नुपर्ने दबाब बढाउँदै आइरहेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

    रास्वपा सभापति लामिछाने नयाँ दिल्लीमा, यस्तो छ भेटघाटको तालिका

    नेपालले अतिक्रमण गरेको भनिएको भारतीय भूमि सार्वजनिक गर्न सांसद आशिका तामाङको माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँदिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

    पाँचखालको जंगलमा सशस्त्र प्रहरी असई र युवती मृत…

    जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ :…

    जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ :…

    भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू…

    रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

    आर्थिक

    सुनको मूल्य स्थिर, चाँदी घट्यो

    समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑