सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार गरेको परीक्षणमा काभ्रेपलाञ्चोकबाट ल्याइएको धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादीको अवशेष फेला परेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, उक्त धनियाँ मानव उपभोगका लागि पूर्णरूपमा अयोग्य रहेको प्रमाणित भएको छ। ‘अर्गानोफस्फेट’ एक प्रकारको अत्यधिक विषालु रसायन हो, जसले दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १७ वटा पसलबाट संकलन गरिएका १७ प्रकारका तरकारी तथा फलफूलमा विषादीको परीक्षण गरेको थियो। परीक्षणको क्रममा हरियो धनियाँमा सबैभन्दा बढी विषादी भेटिएको पुष्टि गरिएको छ।
सरकारद्वारा तय गरिएको मापदण्ड अनुसार, विषादीको रोकावट प्रतिशत (MRL):
यस घटनाले बजारमा पाइने तरकारी तथा फलफूलको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएको छ। उपभोक्ताहरूलाई सतर्क रहन आग्रह गरिएको छ भने सम्बन्धित निकायलाई बजार अनुगमन र विषादी नियन्त्रणमा कडाइ गर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा