सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ भए पनि अन्तिम निष्कर्षमा नपुग्दा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
मंगलबार सर्वोच्च अदालतको न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएपनि पक्ष–विपक्षको बहस नसकिएकाले बाँकी बहसका लागि मुद्दा बुधबार (जेठ ८) काे लागि स्थगित गरिएको हो।
रास्वपा सभापति लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन्। उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए। तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पुनः थुनामा राख्न आदेश दिएको थियो।
सर्वोच्चको आगामी सुनुवाइमा अदालतले थुनाको वैधता तथा रिहाइको मागबारे निर्णय गर्ने अपेक्षा गरिएको छ। यदि अदालतले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गरेमा उनको थुनामुक्ति हुनसक्छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा