सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापानको राजधानी टोकियो प्रस्थान गरेकी छन्। सामाजिक रूपले एक्लोपनको समस्या भोगिरहेका ज्येष्ठ नागरिकहरूको विषयमा ध्यान केन्द्रित गर्दै आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी सोमबार राति जापानतर्फ प्रस्थान गरेकी हुन्।
सम्मेलन एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (Foundation for the Welfare and Education of the Asian People) द्वारा आयोजना गरिएको हो। सम्मेलनको मुख्य उद्देश्य एसियाली मुलुकहरूमा बढ्दो वृद्ध जनसंख्या र उनीहरूलाई पर्ने सामाजिक असरहरूबारे गहिरो छलफल गर्नु हो। सम्मेलन टोकियोमा भोलिदेखि सुरु हुनेछ र यसमा १२ भन्दा बढी मुलुकका मन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा सामाजिक अभियन्ताहरू सहभागी हुँदैछन्।
परराष्ट्रमन्त्री राणाले सम्मेलनमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्दै नेपालको सामाजिक सुरक्षातर्फको दृष्टिकोण, वृद्धजनका हकहितमा चालेका कदम र भावी योजनाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछिन्। नेपाली समाजमा बृद्धावस्थामा देखिने सामाजिक एकान्तताको चुनौती, पारिवारिक संरचनामा आएको परिवर्तन, र राज्यको भूमिका सम्बन्धी विषयमा समेत उनले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
यात्राका क्रममा मन्त्री राणाले जापान सरकारका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ। ती भेटवार्तामा नेपाल–जापान सम्बन्धलाई अझ प्रगाढ बनाउने, श्रमिक आपूर्ति, विकास सहकार्य, शिक्षा तथा प्रविधि स्थानान्तरणलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री डा. राणा यही जेठ ११ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालय स्रोतले जनाएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा